राष्ट्रपतिकाे बाटाे छेकेपछि !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
राष्ट्रपतिकाे बाटाे छेकेपछि !

सारांश

  • मिट्रोभिको,  २४ भदाै ।
  • कोसोभोका अल्वानियालीहरुले आइतबार पूर्व सर्बियाली प्रान्तमा सर्बियाका राष्ट्रपतिले गर्न लागेको भ्रमणका क्रममा सडक बन्द गर्नुका साथै सडकमा टायर बालेर अबरोध सिर्जना गरेका छन् ।
  • परस्पर बिरोधी दुई बाल्कन समुदायबीच यसले तनाब सिर्जना गर्ने सम्भावना बढेको छ ।

मिट्रोभिको,  २४ भदाै । कोसोभोका अल्वानियालीहरुले आइतबार पूर्व सर्बियाली प्रान्तमा सर्बियाका राष्ट्रपतिले गर्न लागेको भ्रमणका क्रममा सडक बन्द गर्नुका साथै सडकमा टायर बालेर अबरोध सिर्जना गरेका छन् । परस्पर बिरोधी दुई बाल्कन समुदायबीच यसले तनाब सिर्जना गर्ने सम्भावना बढेको छ । दुई दिने भ्रमणमा सर्बिया आएका राष्ट्रपति अलेक्सान्डर भुसिकले सर्बियाली नागरिक बसोबास गर्ने सेन्ट्रल कोसोभोमा आइतबार भ्रमण गर्ने कार्यक्रम थियो । तर राष्ट्रपति हिँड्ने सडकमा अल्बानियलीहरुले काठका मुडा, ट्रक र ठुल्ठूला मेसिनहरु तेस्र्याएका थिए । भुसिक र उहाँको टोलीलाई ड्रेनिका क्षेत्रमा पुगेपछि कोसोभो प्रहरीले रोकेको थियो र सुरक्षाको कारण देखाउँदै अघि बढ्न दिइएको थिएन । कोसोभोका प्रधानमन्त्री रामुश हाराडिनाजले ड्रेनिका क्षेत्रमा सर्बियाली राष्ट्रपतिको प्रस्तावित भ्रमणका बारेमा विदेश मन्त्रालयले दिएको अनुमति रद्द गरेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री रामुशले फेसबुकमा लेख्नुभएको छ, “नागरिकको सुरक्षा नै हाम्रो पहिलो दायित्व हो ।” सर्बियाली सञ्चार माध्यमले गोली चलेको आवाज समेत सुनेको लेखेका छन्, तर त्यसलाई स्वतन्त्र रुपमा पुष्टी गर्न सकिएको छैन । भुसिकमाथि भने कुनै आक्रमण भएको छैन । “म कसैको द्वेषबाट विचलित भएको छैन । तर कोही यति निच व्यवहार गर्दछ, र त्यस्तो सोच्दछ भने तिनीहरु गलत छन्,” भुसिकले भन्नुभयो । “अहिले, म शान्ति स्थापित गर्न अझ बढी प्रतिबद्ध छु, तर कोसोभोमा रहेका सर्बियाली संस्था र सर्बियाली नागरिकको सुरक्षाका लागि पनि उत्तिकै ध्यान दिनेछु ।” सर्बियाली गृहमन्त्री निबोज्सा स्टेफानोभिकले कोसोभो स्वतन्त्रता सेनाका एक पूर्व सिपाहीमाथि गरिएको व्यवहार उचित नभएको बताउनुभयो । कोसोभोको स्वतन्त्रताका लागि सन् १९९८–९९ मा भिषण युद्ध भएको थियो ।

नेटोको हस्तक्षेपपछि मात्र उक्त द्वन्द्व समाप्त भएको थियो । यही हस्तक्षेपका कारण कोसोभोबाट सर्बिया पछि हटेको थियो । कोसोभोलाई एकपक्षीय रुपमा सन् २००८ मा स्वतन्त्र राष्ट्र घोषणा गरिएको थियो र सर्बियाले अझै पनि कोसोभोलाई मान्यता दिएको छैन । गृहमन्त्रीले कोसोभोको सुरक्षा व्यवस्था कमजोर रहेको बताउनुभयो । उहाँले भुसिकको सुरक्षाकर्मीमाथि गोली चलाइएको समेत विवरण प्राप्त भएको बताउनुभयो । यो घटनाले सर्बियालीहरुलाई कोसोभामा स्थानीयबासी स्वागत गर्न तयार नरहेको सङ्केत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी
पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
आगामी वर्षभित्र कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने सरकारको घोषणा
‘लभ लभ लभ’ को बुधवार साझ प्रिमिएर सो गरियो
‘लभ लभ लभ’ को बुधवार साझ प्रिमिएर सो गरियो
संसद कामविहिन, सरकारले विधेयक पेश गर्न सकेन
संसद कामविहिन, सरकारले विधेयक पेश गर्न सकेन
What is the value of A Mailbox Order Partner? All About Snail mail Order Brides Pricing
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
कन्चनपुर क्षेत्र तनावग्रस्त, प्रहरीकाे गाेली लागेर तिन जना घाइते
कन्चनपुर क्षेत्र तनावग्रस्त, प्रहरीकाे गाेली लागेर तिन जना घाइते
को को भए १७ निर्विरोध! १५ गते मात्र घोषणा हुने
को को भए १७ निर्विरोध! १५ गते मात्र घोषणा हुने

तपाईंले छुटाउनुभयो कि?