सैनिक कारबाहीमा २८० बोको हराम मारिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२० पटक हेरिएको
Shares
सैनिक कारबाहीमा २८० बोको हराम मारिए

सारांश

  • काठमाडौँ,१९ पुस नाइजेरियामा बोको हराम विद्रोहीका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यस हप्तामात्र २८० जना बोको हरामका लडाकू मारिएका छन् ।
  • बोको हरामका विरुद्धमा यहाँको सेनाले गत डिसेम्बर २८ यता गरेको कारबाहीमा परी ती लडाकू मारिएका समाचारमा जनाइएको छ ।
  • यसरी मारिएकामध्ये अधिकांश हवाई कारबाहीमा परेका हुन् ।

काठमाडौँ,१९ पुस नाइजेरियामा बोको हराम विद्रोहीका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यस हप्तामात्र २८० जना बोको हरामका लडाकू मारिएका छन् । बोको हरामका विरुद्धमा यहाँको सेनाले गत डिसेम्बर २८ यता गरेको कारबाहीमा परी ती लडाकू मारिएका समाचारमा जनाइएको छ । यसरी मारिएकामध्ये अधिकांश हवाई कारबाहीमा परेका हुन् ।

नाइजेरियाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार ती लडाकूहरु सैनिकले गरेको हवाई कारबाहीका क्रममा परेका हुन् । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार २०० जना भन्दा केही बढी लडाकू हवाई कारबाहीका क्रममा र ८७ जना स्थल सेनाले गरेको कारबाहीमा परी मारिएका हुन् । पश्चिमी अफ्रिकी नेताहरुले गएको नोभेम्बर महिनामा नाइजेरियाली इस्लामिस्ट समूहले लेक चाड क्षेत्रमा गरेको हिंसात्मक हमला र हत्यका विषयमा छलफल गरेका थिए । सो क्षेत्र नाइजेरिया, चाड, क्यामरुन र नाइजरको सीमा क्षेत्रमा पर्दछ । त्यसको केही समयपछि नाइजेरियामा यति धेरै संख्यामा बोको हरामका लडाकूहरु मारिएको समाचार आएको छ । यस पटकको यो कारबाही उक्त लेक चाड क्षेत्रमा नै बढी मात्रामा केन्द्रित भएको बताइएको छ ।

यो कारबाही रक्षात्मक रुपमा भएको नाइजेरियाली सेनाले जनाएको छ । नाइजेरियाली सेनाका अनुुसार उक्त क्षेत्रमा भएको यस कारबाहीमा यहाँको कुनै पनि सैन्य सदस्यले ज्यान गुमाएका छैनन् । नाइजेरियामा यहाँका बोको हरामले सन् २००९ देखि नै हिंसात्मक हमला शुरु गरेका थिए । त्यसयता यहाँका करिब २७ हजार नागरिकले ज्यान गुमाई सकेका छन् । यस हिंसामा परेकाहरुलाई उद्वार गर्दै शान्ति वार्ता गर्नुपर्ने बताएको भए पनि बारम्बारका यस्ता प्रयासहरु सफल हुन सकेका छैनन् ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर
आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
ताप्लेजुङमा असईसहित ६ जना प्रहरी निलम्बन
ताप्लेजुङमा असईसहित ६ जना प्रहरी निलम्बन
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !
चितवनमा बढ्दैछ साहित्यिक गतिविधि
चितवनमा बढ्दैछ साहित्यिक गतिविधि
नेदरल्याण्ड विश्वकपको फाईनलमा, उपाधिका लागि साविक विजेता अमेरिकासँग भिड्ने
नेदरल्याण्ड विश्वकपको फाईनलमा, उपाधिका लागि साविक विजेता अमेरिकासँग भिड्ने
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै

तपाईंले छुटाउनुभयो कि?