देउवातर्फ संकेत गर्दै चन्द्र भण्डारीले भनेः परिवार केन्द्रित राजनीति अब अावश्यक छैन
सारांश
- काठमाडाै, ९ कात्तिक ।
- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस नेतृत्वको कडा आलोचना गरेका छन्।
- शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले कांग्रेस बिग्रिनुको मुख्य कारण यसको नेतृत्व भएको भन्दै नेतृत्वको कडा शब्दमा आलोचना गरेका हुन्।
काठमाडाै, ९ कात्तिक । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस नेतृत्वको कडा आलोचना गरेका छन्। शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले कांग्रेस बिग्रिनुको मुख्य कारण यसको नेतृत्व भएको भन्दै नेतृत्वको कडा शब्दमा आलोचना गरेका हुन्।
पार्टीलाई नयाँ बनाउन युवा र ‘ओपन ब्रेन’को आवश्यकता रहे पनि पार्टी परिवारवाभित्र रुालिइएरहेको भन्दै उनले त्यसबाट पार्टीलाई बाहिर निकालेर नेतृत्वमा युवालाई लैजानुपर्ने बताए। ‘परिवार केन्द्रित राजनीति अब आवश्यक छैन’, उनले भने, ‘अबको नेतृत्व नयाँ र युवा आउनुपर्छ।’ सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै उनले प्रतिपक्ष दलको नेता सशक्त नभएका कारण समस्या उत्पन्न भएको बताए। उनले वर्तमान प्रधानमन्त्री ओली बोलीकै कारण यो अवस्थामा आइपुगेको भन्दै कांग्रेस नेता खुलेर बोल्न नसकेको आरोप लगाए।
‘प्रतिपक्षको दलको नेता सशक्त नभएको कारण नै समस्या भइरहेको छ, सरकारले मनपरी गरिरहेको छ’, उनले भने, ‘कांग्रेस संसदीय दलको नेताले संसदमा २ घण्टा लगातार बोलेर सबै कुरा बाहिर ल्याउने हो भने ओली सरकार यही अवस्थामा रहिरहने थिएन्। उनले संसदमा देउवा मौन बसेको भन्दै त्यसको आलोचना समेत गरे। नेता भण्डारीले दशैँमा आफूले अर्को जुनीमा यस्ता नेतासँग भेट नहोस् भन्ने कामना गर्दै सीमान्तकृत बस्तीमा पुगेर टीका लगाएको बताए। प्रधानमन्त्री ओलीले जथावाभी बोलेर मात्रै समय व्यथित गरेको भन्दै उनले बोली भन्दा काममा ध्यान दिन सुझाव समेत दिए। प्रधानमन्त्री ओलीले पानी जहाज र घर घरमा ग्यासको कुरा गरेकोमा अहिले आएर विद्युतीय चुलोको कुरा गर्नु जायज नभएको उनको तर्क थियो।
नेता भण्डारीले अहिलेको सरकार सामाजिक, आर्थिक, राजनीतिक रुपमा कमजोर र असफल भएको दावी गरे।
प्रतिक्रिया