न्यायाधीश जोशीको आदेशले सुमार्गीले निकाले २ अर्ब

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २१, २०७५
|
|
३१ पटक हेरिएको
Shares
न्यायाधीश जोशीको आदेशले सुमार्गीले निकाले २ अर्ब

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतको एउटा आदेशपछि व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोक्का गरिएको साढे २ अर्ब रुपैयाँ निकाल्न पाएका छन् ।
  • सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको खातामा रहेको रकम नरोक्न नेपाल राष्ट्र बैंकलाई अन्तरिम आदेश गरेको थियो ।

काठमाडौं । सर्वोच्च अदालतको एउटा आदेशपछि व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोक्का गरिएको साढे २ अर्ब रुपैयाँ निकाल्न पाएका छन् । सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको खातामा रहेको रकम नरोक्न नेपाल राष्ट्र बैंकलाई अन्तरिम आदेश गरेको थियो ।

राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकमा राखिएको सुमार्गीको रकम रोक्का गर्न निर्णय गरेको थियो । दुई साता अघि जोशीले दिएको आदेशपछि सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको रकम निकालेका हुन्। मुक्तिश्री सिमेन्ट प्रालिको नाममा सुमार्गीको रकम थियो ।

सर्वोच्चको आदेश लिएर सुमार्गीले रोकिएको रकम भुक्तानी माग गर्दै इन्भेस्टमेन्ट बैंक पुगेका थिए। बैंकले भुक्तानी दिन केही दिन पछि सारेको थियो । सुमार्गीले अदालतको आदेश पालना नगरे अपहेलना मुद्दा हाल्ने धम्की दिएको बैंक स्रोतले बताएको छ ।

गभर्नर चिरञ्जीवी नेपाल जिल्ला गएको बेला राष्ट्र बैंकले वैठक बसेर निर्णय गर्न नसकेकाले सुमार्गीले रकम निकालिसकेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?