बर्दिया,गुल्मी,सुनसरी,कञ्चनपुर,तेह्रथुम को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
बर्दिया,गुल्मी,सुनसरी,कञ्चनपुर,तेह्रथुम को ताजा पारीणाम

सारांश

  • बर्दियाका सबै तहमा मतगणना सुरु, ४ स्थानीय तहको पछिल्लो परिणाम बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेकोमा मधुवन नगरपालिका, बाँसगढी नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा बुधबार रातिबाट मतगणना सुरु भएको छ ।
  • यसैगरी सदरमुकाम रहेको गुलरीया नगरपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका गरी ३ नगरपालिकामा र बढैयाताल गाउँपालिकामा बिहान साढे ११ बजेपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो ।
  • ठाकुरबाबा नगरपालिका मेयर कांग्रेस – मक्कुराम थारु ६९, उपमेयर – लिला भाट ७६ एमाले – घननारायण श्रेष्ठ १०७, उपमेयर – बिना भट्टराई ९७ माओवादी – नेत्रराज आचार्य १०४, उपमेयर – कृष्णा कुष्माथारु (आस्था) १२४ राप्रपा – श्रीराम थारु २, उपमेयर – अमृता खडका २ स्वतन्त्र – खुसीराम थारु १९ स्वतन्त्र – राम बहादुर शाही ० मधुवन नगरपालिका मेयर कांग्रेस – जग्गाप्रसाद पाण्डे ७९८, उपमेयर – तुल्सी पुनमगर ८१५ एमाले – दुर्गा बहादुर वली ३०१, उपमेयर – हिरा कुमारी चौधरी ३०१ माओवादी – गणेश बहादुर क्षेत्री ९५०, उपमेयर – शुभरानी थारु ९४२ राप्रपा – नरेशजंग शाह २६, उपमेयर – सारदा शाही ३६ २ हजार २ मत गणना, कुल खसेको मत २१ हजार ७ सय ९० बाँसगढी नगरपालिका मेयर कांग्रेस – गंगाधर पौडेल १४, उपमेयर – श्यामपतिया थारु १५ एमाले – शालीकरम अधिकारी १९२, उपमेयर – सुष्मा चौधरी १९४ माओवादी – बिनाराम थारु १८४, उपमेयर – भोमी बिदलो १८० राप्रपा – रामचरण थारु १, उपमेयर – धनादेबी थापा १ गेरुवा गाउँपालिका अध्यक्ष कांग्रेस – जमानसिंह केशी ९४, उपाध्यक्ष – हेमकुमारी थरुनी ८८ एमाले – नुतनकुमार चौधरी ५५, उपाध्यक्ष – मञ्जु शर्मा ५६ माओवादी – विश्व बहादुर थारु १६८, उपाध्यक्ष – नरु सिंह १६७ मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – कोईराला प्रसाद चौधरी ४१ गुल्मीका ११ वटा स्थानीय तहमा मत गन्न सुरु, रेसुङ्गामा कांग्रेस अघि गुल्मीको मदाने बाहेकका ११ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ ।
बर्दियाका सबै तहमा मतगणना सुरु, ४ स्थानीय तहको पछिल्लो परिणाम

बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेकोमा मधुवन नगरपालिका, बाँसगढी नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा बुधबार रातिबाट मतगणना सुरु भएको छ ।

यसैगरी सदरमुकाम रहेको गुलरीया नगरपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका गरी ३ नगरपालिकामा र बढैयाताल गाउँपालिकामा बिहान साढे ११ बजेपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिका

मेयर
कांग्रेस – मक्कुराम थारु ६९, उपमेयर – लिला भाट ७६
एमाले – घननारायण श्रेष्ठ १०७, उपमेयर – बिना भट्टराई ९७
माओवादी – नेत्रराज आचार्य १०४, उपमेयर – कृष्णा कुष्माथारु (आस्था) १२४
राप्रपा – श्रीराम थारु २, उपमेयर – अमृता खडका २
स्वतन्त्र – खुसीराम थारु १९
स्वतन्त्र – राम बहादुर शाही ०

मधुवन नगरपालिका

मेयर
कांग्रेस – जग्गाप्रसाद पाण्डे ७९८, उपमेयर – तुल्सी पुनमगर ८१५
एमाले – दुर्गा बहादुर वली ३०१, उपमेयर – हिरा कुमारी चौधरी ३०१
माओवादी – गणेश बहादुर क्षेत्री ९५०, उपमेयर – शुभरानी थारु ९४२
राप्रपा – नरेशजंग शाह २६, उपमेयर – सारदा शाही ३६
२ हजार २ मत गणना, कुल खसेको मत २१ हजार ७ सय ९०

बाँसगढी नगरपालिका

मेयर
कांग्रेस – गंगाधर पौडेल १४, उपमेयर – श्यामपतिया थारु १५
एमाले – शालीकरम अधिकारी १९२, उपमेयर – सुष्मा चौधरी १९४
माओवादी – बिनाराम थारु १८४, उपमेयर – भोमी बिदलो १८०
राप्रपा – रामचरण थारु १, उपमेयर – धनादेबी थापा १

गेरुवा गाउँपालिका

अध्यक्ष
कांग्रेस – जमानसिंह केशी ९४, उपाध्यक्ष – हेमकुमारी थरुनी ८८
एमाले – नुतनकुमार चौधरी ५५, उपाध्यक्ष – मञ्जु शर्मा ५६
माओवादी – विश्व बहादुर थारु १६८, उपाध्यक्ष – नरु सिंह १६७
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – कोईराला प्रसाद चौधरी ४१

गुल्मीका ११ वटा स्थानीय तहमा मत गन्न सुरु, रेसुङ्गामा कांग्रेस अघि

गुल्मीको मदाने बाहेकका ११ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । प्रारम्भिक नतिजा अनुसार रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसले २ सय ८२ मत ल्याएको छ भने एमालेका उम्मेदवारले २ सय ७ मत ल्याएका छन् ।  छत्रकोटमा एमालेका अध्यक्षका उम्मेदवार मधुकृष्ण पन्तले २ सय ३७ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका अनन्तराम पौडेलले १ सय ४२ मत ल्याउनुभएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबिच तालमेल भएको थियो । माओवादी केन्द्रका उपाध्यक्ष रामप्रसाद पाण्डेले १ सय १२ मत ल्याउनुभएको छ । रुरु गाउँपालिकामा पनि एमालेले अग्रता लिएको छ ।

एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार निलकण्ठ गौतमले ४ सय २६ मत ल्याउनुभएको छ भने कांग्रेसका यदु ज्ञवालीले १ सय ६ मत ल्याउनुभएको छ । उपाध्यक्षमा एमालेकी लक्ष्मी देवी पन्तले ४ सय ३२ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका देवेन्द्र मल्लले १ सय ११ मत ल्याउनुभएको छ ।

त्यस्तै चन्द्रकोट गाउँपालिकामा भने माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार युवराज केसीले २०६ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका दोर्णबहादुर खत्रीले १ सय ५१ मत ल्याउनुभएको छ ।

एमालेका मिनलाल श्रेष्ठले भने १ सय ४४ मत ल्याउनुभएको छ । उपाध्यक्षमा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । उपाध्यक्षमा माओवादी केन्द्रको १ सय ५८, एमालेको १ सय ५७ र नेपाली कांग्रेसको १ सय ३६ मत आएको छ । रेसुंगा नरपालिकाको मत गणना केहीबेरअघि सुरु भएको छ ।

सुनसरीमा इटहरी उपहानगरपालिकासहित सात स्थानीय तहमा गणना सुरु
सुनसरीमा ५ गाँउपालिका र १ नगरपालिकामा मतगणना सुरु भएको छ । ६ गाउँपालिका मध्ये गढी गाउँपालिकाको मतगणना कार्यमा ढिलाई भइरहेको र त्यहा सर्वदलीय बैठक सकिनासाथ मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यस्तै ४  नगरपालिका मध्ये बराह नगरपालिकामा पनि भर्खरै मतगणना प्रारम्भ गरिएको निर्वाचन अधिकृत इन्दिरेश दाहालले जानकारी दिनुभयो । इटहरी उप महानगरपालिकामा पनि मत गणना शुरु भएको छ । इनरुवा रामधुनी र दुहवी नगरपालिकामा पनि मतगणनाको तयारी भएको छ ।

धरान उपमहानगरपालिकामा राजनीतिक दलहरुसँगको बैठक सम्पन्न भएर अपरान्ह २ बजेपछि मतगणना थालिने सहमति भएको छ । भोक्राह, हरिनगरा, बर्जु, कोशी, देवानगञ्ज गाँउपालिका मतगणना शुरु भएको छ ।

पछिल्लो नतिजा अनुसार बर्जु गाउँपालिकाको वडा नम्वर १ को ९ सय मत गणना भई सक्दा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र मेहताले ३३४ मत उपप्रमुख सुमित्रादेवी गुरुङ्गले ३०७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार फनिलाल चौधरीले २५१ मत उपाध्यक्ष सोमकुमारी गुरुङ्ग रायले पनि २४९ मत  प्राप्त गर्नुभएको छ । त्यस्तै फोरम लोकतान्त्रिकका अध्यक्ष पदका उम्मेदवार रघुनन्दन चौधरीले १३४ मत उपाध्यक्ष पदका उम्मेदवार सङ्गीताकुमारी रायले १३४ मत ल्याउनु भएको छ ।

भोक्राहा गाउँपालिकाको ताजा परिणाम अनुसार सङ्घीय फोरम नेपालका तर्फवाट अध्यक्ष पदका उम्मेदवार महेन्द्र यादवले १०१ मत तथा एमालेका अध्यक्ष पदका उम्मेदवारले ८० मत र नेपाली काङ्ग्रेसका अध्यक्ष पदका उम्मेदवार अजमल आजादले ५७ मत ल्याउनु भएका निर्वाचन अधिकृत पिताम्वर गौतमले जानकारी दिनुभयो ।

कञ्चनपुर : भीमदत्त नगरपालिकामा कांग्रेसको अग्रता

 

कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रारम्भिक मतगणनामा कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसको मेयर पदका उम्मेदवार पदम बोगटीले ४८ मत पाउनु भएको छ । एमालेका सुरेन्द्र विष्टले ४० र माओवादी केन्द्रका उम्मेदवार गोपाल रसाइलीले ४ मत पाउनु भएको छ । त्यसैगरी कांग्रेसका उपमेयर पदका उम्मेदवार सुशीला चन्दले ४९, एमालेका माया पन्तले ३८ र माओवादी केन्द्रका नारु सिंहले ५ मत पाउनु भएको छ ।

तेह्रथुमको म्याङ्लुङ नगरपालिका प्रमुखमा कांग्रेसको अग्रता

तेह्रथुमको म्याङ्लुङ नगरपालिकाको प्रमुख पदमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेस ५० मत सहित अगाडी छ भने एमाले ४५ मत सहित दोस्रोमा छ । उपमेयरमा एमालेले ४९ मतका साथ अगाडि छ भने कांग्रेस ४४ मत सहित दोस्रो स्थानमा छ ।

लालिगुराँस नगरपालिकामा पनि कांग्रेस १ सय ९६ मतका साथ अगाडि, एमाले १ सय ९२ मत सहित दोस्रो र माओवादी केन्द्र १ सय १ मत सहित तेस्रो स्थानमा छ । त्यस्तै उपमेयरमा एमालेले १ सय ९४, कांग्रेसले १ सय ५९ र माओवादी केन्द्र १ सय २७ मत प्राप्त गरेका छन् ।

मन्छेयाम गाउँपालिका अध्यक्षमा कांग्रेसले ९९, एमाले ७४, माओवादी केन्द्र ११ मत छ । यस्तै उपप्रमुखमा कांग्रेसले ८१, एमाले ७१, माओवादीले २८ मत प्राप्त गरेका छन् । आठराइ, फेदाप र छथरमा गाउँपालिकामा पनि कंग्रेसलेनै अग्रता लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?