सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
४३ पटक हेरिएको
Shares
सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै

सारांश

  • सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ ।
  • दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो ।
  • सो क्रममा धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचाररत ४७ मध्ये चारलाई आइतबार नै थप उपचारका लागि काठमाडौँ पठाइएको र बाँकीको उपचार भइरहेकामा ४१ घाइते उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो । सो क्रममा धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचाररत ४७ मध्ये चारलाई आइतबार नै थप उपचारका लागि काठमाडौँ पठाइएको र बाँकीको उपचार भइरहेकामा ४१ घाइते उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ ।

अझै तीन जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । उहाँका अनुसार उपचाररत घाइतेमा जीवन खड्का, प्रवीण आलेमगर र सविता थापा छन् । घाइते सबै दोलखाका रहेको प्रहरीले जनाएको छ ।

बनेपास्थित शिरमेमोरिय अस्पतालमा विन्दुमाया लामा र खेमध्वज तामाङको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा दुर्घटना हुँदा सडक तल सुनकोशी नदीमा खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिकमै हुम्लामा हिमपात, तापक्रम माइनसमा झर्याे !
कात्तिकमै हुम्लामा हिमपात, तापक्रम माइनसमा झर्याे !
रोनाल्डोको निर्णायक गोल
रोनाल्डोको निर्णायक गोल
चर्पी र रेस्टुराँसहितको पर्यटकीय बस सञ्चालनमा
चर्पी र रेस्टुराँसहितको पर्यटकीय बस सञ्चालनमा
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
भरतपुरमा सवारी दुर्घटनामा एकको मृत्यु
भरतपुरमा सवारी दुर्घटनामा एकको मृत्यु
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
ने.क.पा. (माअाेवादी केन्द्र)  प्रत्यक्ष तर्फका सम्पुर्ण सुची सहित  उम्मेद्वारहरुकाे नामावली !
ने.क.पा. (माअाेवादी केन्द्र) प्रत्यक्ष तर्फका सम्पुर्ण सुची सहित उम्मेद्वारहरुकाे नामावली !
पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र
पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र