रवीन्द्र मिश्र र रञ्जु दर्शनाबारे विवादास्पद समाचार लेख्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २, २०७५
|
|
५७ पटक हेरिएको
Shares
रवीन्द्र मिश्र र रञ्जु दर्शनाबारे विवादास्पद समाचार लेख्ने पक्राउ

सारांश

  • केही दिनअघि विभाजित भएको विवेकशील–साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ रञ्जु दर्शना (न्यौपाने) बारे विवादास्पद समाचार प्रकाशित गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रवीन्द्र र रञ्जुबारे भ्रामक समाचार लेखेको अभियोगमा मुक्त मिडिया प्रालि र नेपाल टक डटकमकका सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची–३ का २४ वर्षीय श्याम रोकालाई पक्राउ गरेको हो ।
  • अपारध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार काठमाडौँको शान्तिनगरमा बस्ने रोकालाई बूढानीलकण्ठ नगरपलिका–६ बाट पक्राउ गरि अनुसन्धान अघि बढाइएको छ ।

केही दिनअघि विभाजित भएको विवेकशील–साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ रञ्जु दर्शना (न्यौपाने) बारे विवादास्पद समाचार प्रकाशित गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रवीन्द्र र रञ्जुबारे भ्रामक समाचार लेखेको अभियोगमा मुक्त मिडिया प्रालि र नेपाल टक डटकमकका सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची–३ का २४ वर्षीय श्याम रोकालाई पक्राउ गरेको हो ।

अपारध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार काठमाडौँको शान्तिनगरमा बस्ने रोकालाई बूढानीलकण्ठ नगरपलिका–६ बाट पक्राउ गरि अनुसन्धान अघि बढाइएको छ ।

उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत अनुसन्धान सुरु गरिएको सिंहले बताए । ‘न्यौपानेको चरित्र हत्या गर्ने गरी रोकाले अश्लील समाचार सम्प्रेषण गरेको पाइयो’, सिंहले भने, ‘यस किसिमका भ्रमपूर्ण समाचार अरु कसैले पनि सम्प्रेषण नगर्न आग्रह गर्दछौँ ।’

रोकाले विवेकशील–साझा पार्टी विभाजित भएपछि रञ्जुले कार्यालयमै आफूलाई पार्टी संयोजक रवीन्द्र मिश्रले बलात्कार गर्न खोजेको समाचार सम्प्रेषण गरेका थिए । यो समाचार प्रकाशित भएलगत्तै रञ्जुले महाशाखामा साइबर क्राइम र गाली बेइजती अन्तरगत उजुरी दर्ता गराएकी थिइन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
नेपालमाथि नाकाबन्दी गर्ने मोदीको स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमानविरुद्ध
नेपालमाथि नाकाबन्दी गर्ने मोदीको स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमानविरुद्ध
पृथ्वीजयन्ती मनाउन सरकारलाई दबाब
पृथ्वीजयन्ती मनाउन सरकारलाई दबाब
हामीले नगरेको दोषको भागीदार भइरहेका छौं : प्रधानमन्त्री ओली
हामीले नगरेको दोषको भागीदार भइरहेका छौं : प्रधानमन्त्री ओली
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
स्याल समातेर बाघ बनाउँने, ..सिंह बनाएर छाड्ने ?
स्याल समातेर बाघ बनाउँने, ..सिंह बनाएर छाड्ने ?
१२ वर्षकै उमेरमा आमा बन्न लागेपछि प्रधानमन्त्रीकाे चासाे
निर्मला हत्याकाण्डः महिला अधिकारकर्मीद्धारा नयाँ ढंगबाट आन्दोलन, कालोपट्टी बाँधेर विरोध
निर्मला हत्याकाण्डः महिला अधिकारकर्मीद्धारा नयाँ ढंगबाट आन्दोलन, कालोपट्टी बाँधेर विरोध
नारायणमान बिजुक्छेले भने  ‘प्रचण्डले जनयुद्धमा भारतले गरेको सहयोगको ऋण तिर्न थाले’
नारायणमान बिजुक्छेले भने ‘प्रचण्डले जनयुद्धमा भारतले गरेको सहयोगको ऋण तिर्न थाले’
कमजोर देखिन थालेपछि देउवाले मनोनित गर्दै, नेताहरूको दौडधुप
कमजोर देखिन थालेपछि देउवाले मनोनित गर्दै, नेताहरूको दौडधुप