प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने कांग्रेस संसदीय दलको निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने कांग्रेस संसदीय दलको निर्णय

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मंगलबार दिउँसो तीन बजेका लागि  बोलाएको संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ।
  • मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले आफ्ना माग पूरा नभएसम्म संसद चल्ने नदिने निर्णय गरेको हो।
samsad_abarodh6390.jpg
काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मंगलबार दिउँसो तीन बजेका लागि  बोलाएको संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ। मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले आफ्ना माग पूरा नभएसम्म संसद चल्ने नदिने निर्णय गरेको हो।
कांग्रेसले आफ्ना दुई जना पूर्व सभापति तथा पूर्वप्रधानमन्त्रीहरु गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताललाई सरकारले खारेज गर्ने तयारी गरेको भन्दै काँग्रेसले संसद अवरोध जारी राख्ने निर्णय गरेको सांसद पार्वता डिसी चौधरीले जानकारी दिइन्।
‘मन्त्रिपरिषद बैठकले हाम्रा  दुई जना नेताको नाममा संचालित अस्पताललाई संघीय सरकार मातहतमा ल्याउने निर्णय नगरेसम्म संसद बैठक चल्न नदिने कुरा भएको छ,’ चौधरीले भनिन्।
गिरिजा प्रसादको नाममा तनहुँमा र सुशील कोइरालाको नाममा बाँकेको खजुरामा अस्पताल स्थापना गरिएको छ। सरकारले यी अस्पताल सञ्चालनका लागि आवश्यक बजेट नभएको बताएको छ। 
प्रधानमन्त्री केपी ओलीले संसदमा यो विषयमा बोल्दै ‘बजेट छैन, थप छलफल गर्नुपर्ने छ’ भनेका थिए। प्रधानमन्त्री ओलीको यस्तो जवाफले काँग्रेस थप शसंकित बनेको छ। 
केही दिन पहिला स्वास्थ्य मन्त्रालयले देशका ११ वटा अस्पताललाई संघीय सरकार मातहत राख्न प्रस्ताव क्याविनेटमा लगेको थियो । तर, क्याविनेटले तनहुँको गिरिजा प्रसाद स्वासप्रश्वास अस्पताल र बाँकेको सुशील कोइराला क्यान्सर अस्पतालबाहेक अन्य अस्पताललाई संघीय सरकार मातहत ल्याउने  निर्णय गरेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?