स्थानीयवासीको अवरोधले मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
स्थानीयवासीको अवरोधले मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द

सारांश

  • पर्वत, १४ माघ, चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.
  • ५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् ।
  • आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले पुनःनिर्माणका लागि क्षतिपूर्ति रकम नदिएको भन्दै मोदी गाउँपालिका–२ का बासिन्दाले अनिश्चितकालका लागि कामकाज बन्द गराएका हुन् ।

पर्वत, १४ माघ, चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् ।
आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले पुनःनिर्माणका लागि क्षतिपूर्ति रकम नदिएको भन्दै मोदी गाउँपालिका–२ का बासिन्दाले अनिश्चितकालका लागि कामकाज बन्द गराएका हुन् ।

मोदी गाँपालिका–२ मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका घर भूकम्पले झै भत्किन थालेपछि स्थानीयवासी आन्दोलित भइरहेका छन् । आयोजनाले पटकपटक सम्झौता गर्ने तर पीडितको मागको सम्बोधन नगरेका कारण प्रितिरोधमा उत्रनु परेको सङ्घर्ष समितिका संयोजक सुजन पोख्रेलले बताउनुभयो । “हामीलाई धेरै झुक्याउने काम भएको छ”, उहाँले भन्नुभयो, “माग पूरा नभएसम्म निर्माण कार्य सञ्चालन हुन सक्दैन ।”

आयोजनाको सुरुङ निर्माणका क्रममा भएको बम विष्फोटका कारण घर भत्केको स्थानीयवासीले बताए । विष्फोटनका कारण स्थानीय रामकुमारी पोख्रेल, मेघराज ढुङ्गाना, शेरबहादुर खत्री, खमबहादुर खत्री, मीनकुमारी खत्री, माया खत्री, सावित्री पोख्रेल, रामबहादुर खत्रीको घरमा क्षति पुगेको उनीहरूको भनाइ थियो । आयोजनाका कारण ४९ घरमा असर परेको र एक घर पूर्णरुपमा भत्किसकेकाले आयोजनाले नयाँ र सुरक्षित घर बनाइदिनुपर्ने अडानमा स्थानीयवासी छन् ।

आयोजनाले भने भूकम्प र परकम्पका कारण कमजोर घर अहिले क्षति भएका कारण मागअनुसार क्षतिपूर्ति दिन नसक्ने जिकिर गर्दै आएको छ । भूगर्भविद्ले घर भत्कनुको मुख्य कारण विगतको भूकम्प र त्यसपछिको परकम्प भएको र आयोजनाका कारण केही घरमा मात्र असर परेको प्रतिवेदन दिएका कारण सोहीअनुसार कार्यान्वयन गर्न आफूहरू तयार रहेको आयोजनाका प्रमुख निरञ्जन राउतले बताउनुभयो
भूगर्भविद्ले १२ घरमा बढी क्षति भएको, नौ घरमा सामान्य क्षति भएको तथा सामान्य प्रभावित हुन सक्ने सात घर मात्रै देखाएको उहाँले जानकारी दिनुभयो ।
क्षतिपूर्ति दिने विषयमा पटकपटक आन्दोलन भएपछि भूगर्भविद्लाई बोलाउने उनीहरूले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने सहमति यसअघि भएको थियो ।

(https://mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद् भवन अगाडिबाट घरेलु हिंसाबाट पीडित बिनु यादव पक्राउ
संसद् भवन अगाडिबाट घरेलु हिंसाबाट पीडित बिनु यादव पक्राउ
डिभाइडरमा कार ठोक्किँदा एकको मृत्यु, तीन घाइते
डिभाइडरमा कार ठोक्किँदा एकको मृत्यु, तीन घाइते
बेहोस भएर छात्राको मृत्यु
बेहोस भएर छात्राको मृत्यु
कञ्चनपुरः बेलौरी नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी
कञ्चनपुरः बेलौरी नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी
राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल निर्वाचित
राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल निर्वाचित
मुग्लिन–पोखरा सडक : तनहुँ खण्डमा डेढ किमी कालोपत्र
मुग्लिन–पोखरा सडक : तनहुँ खण्डमा डेढ किमी कालोपत्र
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
नेकपामा एकता नहुँदा ८ लाख कार्यकर्ता बेराेजगार
नेकपामा एकता नहुँदा ८ लाख कार्यकर्ता बेराेजगार
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर

तपाईंले छुटाउनुभयो कि?