कञ्चनपुरः बेलौरी नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी
सारांश
- कञ्चनपुर, असार २२ – कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
- मेयरमा माओवादीका पोतिलाल चौधरिले ६७६४ मत ल्याएर विजयी हुनुभएको हो ।
- उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका पल्लवराज भट्टले ६४०७ मत ल्याउनु भएको छ ।
कञ्चनपुर, असार २२ – कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा माओवादीका पोतिलाल चौधरिले ६७६४ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका पल्लवराज भट्टले ६४०७ मत ल्याउनु भएको छ । यस्तै उपमेयरमा नेकपा एमालेका चित्रा कुमारी चौधरीले ६७४८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादीका राधादेवी खरेलले ६१२१ मत ल्याउनु भएको छ ।
७ नगरपालिका र २ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा अहिलेसम्म भिमदत्त नगरपालिका र पुनर्बास नगरपालिका बाहेक अरु ७ वटा स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया