चीनमा रहेका नेपालीलाई भाेलि स्वदेश ल्याइँदैँ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २, २०७६
|
|
४० पटक हेरिएको
Shares
चीनमा रहेका नेपालीलाई भाेलि स्वदेश ल्याइँदैँ

सारांश

  • काठमाडाैं।
  • सरकारले आगामी शनिबार चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ।
  • हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज शनिबार अपरान्ह चीन पठाउन लागिएको हो।

काठमाडाैं। सरकारले आगामी शनिबार चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ। हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज शनिबार अपरान्ह चीन पठाउन लागिएको हो।

स्वदेश फर्कन चाहने नेपालीलाई निगमको जहाजमार्फत ल्याउने व्यवस्था मिलाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले  जानकारी दिए। निगमको अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएका अधिकारीले निगमको वाइडबडी जहाज फागुन ३ गते चीन पठाउने निर्णय गरी आवश्यक तयारीसमेत भइरहेको बताए। चीनको वुहानमा रहेका नेपाली लिन शनिबार अपरान्ह २ः४५ बजे निगमको वाइडबडी जहाज चीन उड्नेछ। उक्त जहाज नेपाली लिएर फागुन ४ गते बिहान २ः१५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन। निगमका प्रवक्ता अर्चना खड्काले बजारमा हल्ला छाएजस्तो निगमका पाइलट चीन जान मानेनन् भन्ने समाचारमा कुनै सत्यता नरहेको भन्दै जहाजका सबै कर्मचारी इमान्दारीपूर्वक सेवामा खटिने बताए।

सचिव अधिकारीले पनि सरकारले गरेको निर्णयमा राष्ट्रसेवक कर्मचारीले पनि इमान्दारितापूर्वक भूमिका निर्वाह गर्नुपर्ने दायित्व भएको उल्लेख गरे। बुहान जाने टोलीमा तीन विमान चालक, छ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने जनाइएको छ।

हुवेई प्रान्तको विभिन्न शहरमा रहेका नेपाली विद्यार्थीलाई वुहानमा भेला गरिनेछ। चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनेछ। त्यसका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ। वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन्।

चीनको हुवेइ प्रान्तको वुहानलगायत शहरबाट १८० नेपालीले स्वदेश फर्कन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन्। चीनको वुहान प्रान्तमा सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक कोरोना भाइरस पत्ता लागेको थियो। अहिले चीनको २२ प्रान्त तथा विश्वका २३ मुलुकमा कोरोना भाइरस फैलिसकेको बताइन्छ।

चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ। सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ। पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ। रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन : चर्चित सुपरस्टार प्रकाश राजले धर्म परिवर्तन गरेकै हुन्?
मनाेरञ्जन : चर्चित सुपरस्टार प्रकाश राजले धर्म परिवर्तन गरेकै हुन्?
लोकसेवा आयोगले बुधबार खरिदार पदको विज्ञापन खोल्ने: एसएलसीमा सी ग्रेडभन्दा कम ल्याउने अयोग्य
लोकसेवा आयोगले बुधबार खरिदार पदको विज्ञापन खोल्ने: एसएलसीमा सी ग्रेडभन्दा कम ल्याउने अयोग्य
एकता ढिलाइले पार्टीलाई घाटा : भीम रावल
एकता ढिलाइले पार्टीलाई घाटा : भीम रावल
आईजीपी विवादः डीआईजी अर्याल पनि अदालत पुगे, आफूलाई महानिरीक्षक बनाउन माग
आईजीपी विवादः डीआईजी अर्याल पनि अदालत पुगे, आफूलाई महानिरीक्षक बनाउन माग
मूल्यवृद्धि बाध्यता हो, आयल निगमलाई अझै पनि पेट्रोलमा १४, डिजेलमा २६, एलपी ग्यासमा ८८० रुपैयाँ घाटा छः कार्यकारी निर्देशक
मूल्यवृद्धि बाध्यता हो, आयल निगमलाई अझै पनि पेट्रोलमा १४, डिजेलमा २६, एलपी ग्यासमा ८८० रुपैयाँ घाटा छः कार्यकारी निर्देशक
१० वर्षे बालकलाई अप्राकृतिक मैथुन गरेको भन्दै पक्राउ
१० वर्षे बालकलाई अप्राकृतिक मैथुन गरेको भन्दै पक्राउ
कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
ओली जीले अब पनि चुनाव सर्छ भन्न बेर छैन-देउवा
ओली जीले अब पनि चुनाव सर्छ भन्न बेर छैन-देउवा
जसपा अध्यक्ष यादवले मोरङ र अशोक राईले उदयपुरबाट मतदान गर्ने
जसपा अध्यक्ष यादवले मोरङ र अशोक राईले उदयपुरबाट मतदान गर्ने
राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय