वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवाको लागि कानुनी बाटो खुल्ला
सारांश
- काठमाडौ १५,माघ।
- वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवाको लागि कानुनी बाटो खुल्ला भएको छ।
- प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन भएको छ।
काठमाडौ १५,माघ। वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवाको लागि कानुनी बाटो खुल्ला भएको छ।प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन भएको छ। संशोधन आज राजपत्रमा प्रकाशित भएको छ।
नियमावली संशोधन हुन नसक्दा विगत चार महिनादेखि १५ जना एसएसपी दरबन्दी खाली रहेको थियो। प्रथम श्रेणी तहको बढुवाको लागि चार वर्ष काम गरेको हुनुपर्ने नियम थियो। अब भने तीन वर्षमा नै बढुवा हुन पाउने भएका हुन्।
बढुवाको बाटो खुलेसँगै ३३ जना प्रहरीहरु एसएसपीको बढुवाको लाइनमा छन् जसमा चार जना महिला एसपी रहेका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया