धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
सारांश
- काठमाडौ १६,माघ।
- धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ ।
- फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।
काठमाडौ १६,माघ। धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ ।फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।
२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल ले बताएका छन् ।
चितवनमा बन्ने क्रिकेट रंगशाला कमलको फुल आकारको हुनेछ यसमा २५ हजार दर्शक अट्नेछन् । बहुउपयोगी हुने यो रंगशालाभित्र फुटबल, भलिबल ब्याडमिन्टन, सहीत अरु पनि खेल खेल्न सकिने छ ।
रंगशालाको बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ । जसमा एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहनेछन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् ।
प्रतिक्रिया