यसकारण डाक्टर गोविन्द केसी अनसन बस्न नपाउने

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १६असार ।
  • वरिष्ठ चिकित्सक प्रा.
  • डाक्टर गोविन्द केसीले जुम्लामा अनसन बस्न नपाउने भएका छन् ।

काठमाडाै, १६असार । वरिष्ठ चिकित्सक प्रा.डाक्टर गोविन्द केसीले जुम्लामा अनसन बस्न नपाउने भएका छन् ।

१५औ पटक सम्म अनसनमा बसेका केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक शनिवार देखि अनसन बस्ने बताएका थिए ।

उनको अनसनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रलायको निर्देशन मा जुम्ला सदरमुकामका तीन क्षेत्रमा कुनै पनि किसिमको अनसन, आन्दोलन तथा नारा जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाउने गरि सुचना जारी गरेको हो ।

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसीले भोली बाट प्रतिष्ठानमा अनसन बस्दै छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन नसकेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगति सुस्त भएकोैै विषयलाइ उठान गरि उनि अनसन बस्दै छन्।

जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देखी करिब २ सय मिटर वरिपरीको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढथापाले बताए । उनले भने ‘गृह मन्त्रालयको निर्देशन अनुसार हामीले यस्तो घोषणा गरेको हौ । भोलीबाट शुरु हुन लागेको अनसनलाई लक्षित गरि निषेधित क्षेत्र घोषणा गरिएको छ ।’ डाक्टर केसी जुम्ला पुगिसकेका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Bisweswar Pandeya

    Nepal sarkar murdabaad.

    Comment Author

    Bisweswar Pandeya

    You are not my government.

    Comment Author

    Ganesh Shakya

    जय होस अन्सन हिरो ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?