भारत र चीनका सेनाबीच लद्दाखमा धक्कामुक्की

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २६, २०७६
|
|
२२ पटक हेरिएको
Shares
भारत र चीनका सेनाबीच लद्दाखमा धक्कामुक्की

सारांश

  • बीबीसी।
  • भारत र चीनका सेनाबीच पश्चिमी सीमा क्षेत्र लद्दाखमा धक्कामुक्की भएको छर लद्दाखको पूर्वी क्षेत्रमा गस्तीमा रहेका भारतीय सैनिक र चीनको पिपुल्स लिवरेशन आर्मी ९पीएलए० बीच जम्काभेट भएपछि बुधबार धक्कामुक्की भएको हो।
  • बुधबार झिसमिसे अघि सुरु भएको धक्कामुक्की साँझसम्म चलेको थियो।

बीबीसी। भारत र चीनका सेनाबीच पश्चिमी सीमा क्षेत्र लद्दाखमा धक्कामुक्की भएको छर
लद्दाखको पूर्वी क्षेत्रमा गस्तीमा रहेका भारतीय सैनिक र चीनको पिपुल्स लिवरेशन आर्मी ९पीएलए० बीच जम्काभेट भएपछि बुधबार धक्कामुक्की भएको हो।बुधबार झिसमिसे अघि सुरु भएको धक्कामुक्की साँझसम्म चलेको थियो।

सो घटना लद्दाखको पूर्वी क्षेत्रस्थित पोगोग सो मा भएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ। १ सय ३४ किलोमिटर लामो सो क्षेत्रको दुई तिहाइ हिस्सा चीनको नियन्त्रण रहेको छ। टाइम्स अफ इण्डियाका अनुसार भारतीय सैनिक गस्तीमा रहेको अवस्थामा उनीहरुको भेट चिनियाँ पीपल्स लिबरेशन आर्मीका जवानसँग भएको थियो।

चिनियाँ सेनाले सो क्षेत्रमा भारतीय सैनिकको उपस्थितिको विरोध गरेका थिए। त्यसपछि दुवै पक्षबीच धक्कामुक्का भएको थियो। त्यसपछि दुवै मुलुकले उक्त क्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका छन्। बुधबार अबेर रातिसम्म त्यहाँ संघर्ष जारी थियो। टाइम्स अफ इण्डियाले भारतीय सेनालाई उद्धृत गर्दै लेखे अनुसार

तनावपछि भारत र चीन ब्रिगेडियर स्तरमा द्विपक्षीय वार्ताको तयारी भइरहेको छ। यसअघि दोक्लम सिमा विवाद चर्किंदै जाँदा भारत र चीन झण्डै युद्धको नजिक पुगेका थिए। दुई देशबीच कुटनीतिक तहमा भएका वार्ताबाट शान्तिपूर्ण रुपमा जाने सहमती भएपछि चीनको वुहानमा चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक शिखर वार्ता भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिनभित्रै पार्टी एकता र सरकारले पूर्णता पाउँछ : पोखरेल
तीन दिनभित्रै पार्टी एकता र सरकारले पूर्णता पाउँछ : पोखरेल
बक्सअफिसमा ‘छक्का पञ्जा ५’को आक्रामक व्यापार
बक्सअफिसमा ‘छक्का पञ्जा ५’को आक्रामक व्यापार
कमल थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने, राप्रपालाई फकाउँदै देउवा , हिन्दु राज्यमा ‘सकारात्मक’
कमल थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने, राप्रपालाई फकाउँदै देउवा , हिन्दु राज्यमा ‘सकारात्मक’
आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने
काठमाडौँका आकाशे पुल बन्दैछन् यौनकर्मीको अखडा
काठमाडौँका आकाशे पुल बन्दैछन् यौनकर्मीको अखडा
मिठाइमा कपडामा प्रयोग गरिने नीरको प्रयोग !
मिठाइमा कपडामा प्रयोग गरिने नीरको प्रयोग !
चीनले दियो उपल्लो मुस्ताङ्गीलाई यस्तो सामाग्री
सात वर्षमा पुनःनिर्माण गरिएको जयवागेश्वरी भक्तजनलाई खुला गरिँदै
सात वर्षमा पुनःनिर्माण गरिएको जयवागेश्वरी भक्तजनलाई खुला गरिँदै

तपाईंले छुटाउनुभयो कि?