सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्, करार पत्र बाटैमा गायब !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
४० पटक हेरिएको
Shares
सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्, करार पत्र बाटैमा गायब !

सारांश

  • काठमाडौं १८ माघ ।
  •  बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेकी राधा बिकले घरमै बच्चा जन्माइन् ।
  • घर नजिकै बनेको सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नहुँदा जोखिम मोलेरै घरमा बच्चा जन्माउन बाध्य भइन् उनी ।

काठमाडौं १८ माघ । बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेकी राधा बिकले घरमै बच्चा जन्माइन् । घर नजिकै बनेको सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नहुँदा जोखिम मोलेरै घरमा बच्चा जन्माउन बाध्य भइन् उनी । ढोलेकी अर्की महिला जानकी बोहराले पनि घरमै बच्चा जन्माइन् । कारण सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नै थिएनन् । बजारका स्वास्थ्यचौकीमा कर्मचारी त छन्, तर रातको समयमा ब्यथा लाग्दा बजार पुग्न पनि सम्भव छैन ।

सुर्नया गाउँपालिका–८ ढोले र दोराका स्थानीयबासिन्दालाई लक्षित गरी वडा कार्यालयले ५ लाख खर्च गरेर सामुदायिक स्वास्थ्य इकाइको भवन निर्माण त गर्यो । तर कर्मचारी नै भएनन् । कर्मचारीको अभावका कारण कार्यालय सञ्चालन गर्नै नसकिएको बताउँछन् शिखरपुर स्वास्थ्य चौकीका ईन्चार्ज बीरबहादुर बोहरा ।

‘स्वास्थ्यचौकीमा पनि दरबन्दी अनुसार अनमी छैनन् । सामुदायिक स्वास्थ्य इकाइका लागि करारमा समेत कर्मचारी राखिएको छैन । भवन त बनाइयो तर कर्मचारी नहुँदा सेवा दिन सकिएको छैन,’ बीरबहादुर भन्छन् ।

’दुर्गमको सामुदायिक स्वास्थ्य इकाइमा मात्रै नभएर सदरमुकाममै रहेको जिल्ला अस्पताल पनि अढाई महिनायता नर्स विहिन छ । अस्पतालमा कार्यरत स्टाफ नर्समध्ये कोही अध्ययन बिदा र कसैको सरुवा भएपछि अस्पतालमा सेवाग्राहीलाई सेवा दिन स्टाफ नर्स नै छैनन् ।

जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरीटेन्डेन्ट डा. जगदीशचन्द्र बिष्टका अनुसार जटील खालको प्रसूति सेवा दिन स्टाफ नर्स नै चाहिन्छ । तर ६ जनाको दरबन्दी रहेको जिल्ला अस्पतालमा अहिले एकजना पनि नर्स छैन ।

डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा पनि मेसु सहित २० जना डाक्टरको दरबन्दी रहेकोमा एक जना पनि कार्यरत छैनन् । उपक्षेत्रीय अस्पतालमा नवौं र दशौं तहका १९ जना र एकजना मेसुको दरबन्दी खाली रहेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उपक्षेत्रीय अस्पतालमा अधिकृत स्तरको एकजना ल्याब टेक्निसियन, फिजियो सहायक र १८ जना स्टाफ नर्सको दरबन्दीमा १२ जनाको दरबन्दी त खाली नै रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।

अझै बिजोग त महाकाली अञ्चल अस्पतालको छ । महाकाली अञ्चल अस्पतालमा १५ जना विषेशज्ञ चिकित्सकको दरबन्दी रिक्त नै छ भने ६ जना मेडिकल अधिकृतको दरबन्दी खाली छ ।

सेती अञ्चल अस्पतालमा १३ चिकित्सकको दरबन्दी खाली छ । सेतीमा मेडिकल ल्याब टेक्नोलोजिस्ट, २ जना नर्सिङ अधिकृत सहितको दरबन्दी समेत खाली छ । टीकापुर अस्पतालमा पनि १३ जना चिकित्सकको दरबन्दी रिक्त रहेको छ भने फार्मेसी निरीक्षक, खरिदार सहितको दरबन्दी खाली छ ।

अछाम जिल्ला अस्पतालमा मेसु सहित ५ जना, बझाङमा मेसु, बाजुरामा मेसु सहित ५ जना, दार्चुलामा मेसु सहित ४ जना, गोकुलेश्वर अस्पतालमा मेसु सहित ५ जना चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको सुदूरपश्चि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मन्त्रालयको पत्र नै हरायो
एकातिर अञ्चल र जिल्ला अस्पतालमा दरबन्दीमा चिकित्सक, नर्सिङ स्टाफको दरबन्दी खाली भएका बेला संघीय सरकारले डेढ महिनाअघि नै करारमा भर्ना गर्ने अधिकार सहित प्रदेश सरकारलाई पठाएको पत्र नै गायव भएको छ ।

यी रिक्त दरबन्दीमा करारमा स्वास्थ्यकर्मी भर्ना गर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पुस महिनाको ३ गते पठाएको पत्र हराएको हो ।

२०७५ सालको पुष ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई स्वास्थ्य सेवा ऐन २०५३ र निममावली २०५५ को अधिनमा रही काज सरुवा गर्ने, लोकसेवाबाट आएका कर्मचारीलाई पदस्थापन गर्ने र चौथो तहदेखि आठौं तहसम्मका रिक्त दरबन्दीमा करार नियुक्तिको अधिकार दिएको छ । मन्त्रालयले पठाएको पत्र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पठाइएको छ भने सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयहरुलाई बोधार्थ पठाइएको छ । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय नागरिक नेपालमा मन्त्री !
भारतीय नागरिक नेपालमा मन्त्री !
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
गोपाल पराजुलीलाई न्यायाधीशमा भर्ना गर्दा पराजुलीविरुद्ध ३१ दिनसम्म एक्लै लडेका यी माननीय के भन्छन ?
फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?
फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?
गुठीको आम्दानीबाट पूजा सञ्चालन गर्न समस्या
गुठीको आम्दानीबाट पूजा सञ्चालन गर्न समस्या
स्वास्थ्य बिमा गराउनेमा महिला बढी
स्वास्थ्य बिमा गराउनेमा महिला बढी
ठगिएका सहकारीपीडितलाई सम्पर्कमा आउन अनुरोध
ठगिएका सहकारीपीडितलाई सम्पर्कमा आउन अनुरोध
प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण
प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने
बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने