हेडसरले नै छात्रबृत्तिसमेत खाएपछि भ्रष्टाचार मुद्दा
सारांश
- काठमाडौं ।
- सिराहाको एक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई दिइएको छात्रबृत्ति लगायतको रकम हिनामिना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएको छ ।
- जनता माध्यमिक विद्यालय सोनामतीगाढ, सिराहाका प्रधानाध्यापक मो.
काठमाडौं । सिराहाको एक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई दिइएको छात्रबृत्ति लगायतको रकम हिनामिना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएको छ ।
जनता माध्यमिक विद्यालय सोनामतीगाढ, सिराहाका प्रधानाध्यापक मो.सनाउल्लाह खाँ समेतले विद्यालयको भवन निर्माणको कार्य प्राविधिक इस्टिमेट अनुसार नगरेको, छात्रवृत्ति वितरण तथा पाठ्यपुस्तक अझैसम्म वितरण नगरी रकम लिएको भेटिएको हो ।
आर्थिक वर्ष २०६७/०६८ को पुरानो शौचालय हालसम्म पनि निर्माण नगरी, निर्माण र अन्य मर्मत सम्भार जस्ता धेरै काममा आर्थिक हिनामिना गरी भ्रष्टाचार गरेको उजुरी परेको थियो ।
अख्तियारको अनुसन्धानमा प्रधानाध्यापक सनाउल्लाह खाँले विभिन्न आर्थिक वर्षमा विद्यालयको भवन निर्माणको लागि विनियोजित रकम, विद्यालयको आन्तरिक स्रोतको कामै नगरी खर्च देखाई निर्माण बजेट र आन्तरिक स्रोत गरी १० दश लाख १८ हजार रूपैयाँ बदनियतसाथ हिनामिना तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
खाँलाई बिगो १० लाख १८ हजार ६७० रुपैयाँ मागदाबी गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया