कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
२० पटक हेरिएको
Shares
कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने

सारांश

  • काठमाडौँ।
  • रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ।
  •   विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ।
काठमाडौँ। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ। 
विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ। शाखाका निर्देशक कृष्णप्रसाद खनालले गतवर्षदेखि आवेदन फाराम भर्ने प्रक्रिया अनलाइनबाटै बनाइएको र यस वर्षदेखि परीक्षा दस्तुर अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएका बताए। 
उनले भने, “गत वर्ष परीक्षा दस्तुर बुझाउने क्रममा आवेदकले निकै सास्ती खेप्नुपरेको थियो, बैंकमा निकै लामो लाइन थियो, तर यसपटकदेखि अनलाइन प्रणालीबाट तिर्न सकिने व्यवस्था गरिएको छ, अनलाइन पहुँच हुनेले अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन् भने अन्यले ग्लोबल आइएमई बैंकका कमलादीबाहेकको सम्पूर्ण काउन्टरबाट भुक्तानी गर्न सक्नेछन् ।” 
आवेदन फाराम भर्ने र अनलाइन भुक्तानी गर्ने प्रक्रियाको जानकारी इपिएस कोरिया शाखाको वेबसाइट eoers.epsnepal.gov.np लगइन गरी लिन सकिनेछ। आवेदन फाराम भर्ने समयावधि झन्डै १० दिनको रहेको भन्दै उनले आवेदकलाई आतुर नगर्न आग्रह गरे। 
बैंकको कुनै काउन्टरमा भीडभाड भए अन्य काउन्टरमा गएर भए पनि दरखास्त दस्तुर बुझाउन सकिने उनको भनाइ छ। श्रम, रोजगार तथा सामाजिक सुक्षामन्त्री गोकर्ण विष्टले भाषा परीक्षा आवेदन प्रक्रियालाई व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत आवेदन फाराम र दरखास्त दस्तुर अनलाइनबाटै बुझाउने व्यवस्था गर्न निर्देशन दिएका थिए। 
भाषा परीक्षाको तयारी गरिरहेका युवाले गए राति १२ बजेदेखि आवेदन फाराम भर्न थालेका छन् । अहिले बिहान ८ बजेसम्म १५ हजारले आवेदन फाराम भरेको इपिएस शाखाका निर्देशक खनालले जानकारी दिए। बैंकका काउन्टर आज बिहान १० बजेदेखि खुल्ने भए पनि यसअघि फाराम भरेकाले अनलाइनमार्फत दरखास्त दस्तुर भुक्तानी गरेका छन् । यही चैत १७ गते राति १२ बजेसम्म आवेदन फाराम भर्न सकिनेछ। 
परीक्षा दस्तुरबाहेक आवेदकले अन्य कुनै थप शुल्क व्यहोर्नु नपर्ने इपिएस कोरिया शाखाले स्पष्ट पारेको छ । फाराम भर्ने नाउँमा बिचौलियाको प्रभाव पर्न सक्ने भन्दै शाखाले आवेदकलाई तोकिएको परीक्षा दस्तुर २४ अमेरिकी डलरबाहेकको अतिरिक्त शुल्क नबुझाउन आग्रहसमेत गरेको छ । आवेदकले दरखास्त भर्ने अघिल्लो दिन नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसारको दरखास्त दस्तुर बुझाउनुपर्ने छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: राष्ट्रपति पौडेल
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: राष्ट्रपति पौडेल
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
सासंदलाई निलम्बन गर्ने कुरामा माओवादी र कांग्रेस सहमत भएनन : संयोजक पोखरेल
सासंदलाई निलम्बन गर्ने कुरामा माओवादी र कांग्रेस सहमत भएनन : संयोजक पोखरेल
र्‍यापिड टेष्टमा एक जनामा कोरोना पोजेटिभ
र्‍यापिड टेष्टमा एक जनामा कोरोना पोजेटिभ
ओखलढुंगा जीप दुर्घटनामा दुई जना को मृत्यु
ओखलढुंगा जीप दुर्घटनामा दुई जना को मृत्यु
पोखरा निर्विवाद प्रदेश राजधानी- अखण्ड र एकीकृत बनाउने उद्घोष
पोखरा निर्विवाद प्रदेश राजधानी- अखण्ड र एकीकृत बनाउने उद्घोष
अमेरिकाद्धारा डीभी र गैरआप्रवासी भीसाका अपोइन्टमेन्ट रद्द
अमेरिकाद्धारा डीभी र गैरआप्रवासी भीसाका अपोइन्टमेन्ट रद्द
धनुषाकोविद्यालय जाँदै गरेका  प्रधानाध्यापकमाथि गोली प्रहार.
धनुषाकोविद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार.
वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ
वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ
यातायात क्षेत्रको सिन्डिकेट हटेन भने राजिनामा दिन्छु: मन्त्री रघुवीर महासेठ
यातायात क्षेत्रको सिन्डिकेट हटेन भने राजिनामा दिन्छु: मन्त्री रघुवीर महासेठ

तपाईंले छुटाउनुभयो कि?