दुनियाँलाई नै चकित बनाएको साना मानिसको त्यो राज्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
५० पटक हेरिएको
Shares
दुनियाँलाई नै चकित बनाएको साना मानिसको त्यो राज्य

सारांश

  • संसारमा यस्ता धेरै आश्चर्य लाग्ने स्थान तथा मानिस रहेका छन् जसको बारेमा तपाई हामीलाई थाहा नभएको पनि हुन सक्छ ।
  • चीनको सिचुआन प्रान्तमा एउटा यस्तो गाउँ छ, जुन थाहा पाउँदा पक्कै पनि अचम्ममा पर्न सकिन्छ ।
  • सिचुआनमा रहेको उक्त गाउँ ‘दि किङडम अफ द लिटिल पिपल’ अर्थात साना मानिसको राज्य दुनियाँमै अद्वितिय मानिन्छ ।

संसारमा यस्ता धेरै आश्चर्य लाग्ने स्थान तथा मानिस रहेका छन् जसको बारेमा तपाई हामीलाई थाहा नभएको पनि हुन सक्छ । चीनको सिचुआन प्रान्तमा एउटा यस्तो गाउँ छ, जुन थाहा पाउँदा पक्कै पनि अचम्ममा पर्न सकिन्छ । सिचुआनमा रहेको उक्त गाउँ ‘दि किङडम अफ द लिटिल पिपल’ अर्थात साना मानिसको राज्य दुनियाँमै अद्वितिय मानिन्छ । तर किन ?

 

स्थानीय भाषा याङ्सी भनिने त्यो गाउँ होचा पुड्काको गाउँ हो । ‘दि किङडम अफ द लिटिल पिपल’ अर्थात साना मानिसको राज्य युनानको राजधानी कुन्मिङको नामले पनि परिचित छ । याङ्सीका आधा भन्दा बढि मानिस होचो तथा पुड्को छन् । आधाभन्दा बढि जनसंख्या होचो र पुड्काहरुको भएकाले यो गाउँलाई ‘दि किङडम अफ द लिटिल पिपल’ अर्थात साना मानिसको राज्य भनिएको हो ।

 

स्थानीय अधिकारीका अनुसार यस गाउँका ४० प्रतिशत मानिस होचा पुड्का छन् । उनीहरुको अधिकतम उचाई ३ फिट १० इञ्च र न्यूनतम उचाई २ फिट १ इञ्च रहेको छ ।

 

गाउँका मानिस किन यति धेरै होचो र पुड्को भए भन्ने विषयले वैज्ञानिक पनि छक्क परेका छन् । यो गाउँ सन् १९५१ मा पहिलोपटक सार्वजनिक भएको थियो । गाउँमा जन्मिने बालबालिकामा पुड्कोपना अत्यासलाग्दो छ । कुल ८० मा ३६ जना होचा र पुड्का हुने गरेका छन् । यस्तो हुनुमा विविध कारण औल्याइएको छ । कतिपयले भने यो विषयलाई अध्यात्म र धार्मिक विश्वाससँग लगेर जोडेका छन् । केहीले भने यस्तो हुनुमा त्यहाँको जमिन र खानपान मुख्य कारण हो भनेका छन् ।

 

१९९७ मा भएको एक अनुसन्धानले गाउँको माटोमा पारोको मात्रा अत्याधिक रहेकोले त्यसको असर मानिसमा देखिएको दावी गरेको थियो । मानिस होचो पुड्को हुनुको कारण यसैलाई मानिएको छ ।

 

गाउँ अहिले मनोरञ्जन पार्कको रुपमा विकसित भएको छ । दिनहुँ ठूलो संख्यामा पर्यटक यो गाउँको भ्रमणमा आउने गरेका छन् । गाउँमा पर्यटक आउन र आम्दानी बढ्न थालेपछि याङ्सीमा नजन्मिएका तर होचो पुड्को भएका मानिस यो गाउँमा बस्न थालेका छन् । ती अन्य गाउँबाट आउने मानिसहरु रोजगारी र समानताका लागि याङ्सी आएको बताउँछन् ।

 

याङ्सी गाउँका बासिन्दा तीनिहरुको आफ्नै प्रकारको जीवनशैलीका कारण पनि पर्यटकको आँखामा पर्न सफल भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवागढी नाका दुई सातादेखि ठप्प
रसुवागढी नाका दुई सातादेखि ठप्प
नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय सीमा नाकामा पक्राउ
नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय सीमा नाकामा पक्राउ
प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?
प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?
बागमती प्रदेश :एक लाखले एसइई परीक्षा दिँदै
बागमती प्रदेश :एक लाखले एसइई परीक्षा दिँदै
इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने
इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने
सामन्तविरुद्ध लाग्दा कम्युनिष्ट बनेका प्रधानमन्त्री ओली ‘महासामन्त’ मा रुपान्तरण भएकै हुन् ?
सामन्तविरुद्ध लाग्दा कम्युनिष्ट बनेका प्रधानमन्त्री ओली ‘महासामन्त’ मा रुपान्तरण भएकै हुन् ?
सदस्यता : २०१० सालमा मोहनविक्रमले लिए, ६० वर्षपछि कमलराजले लिए
सदस्यता : २०१० सालमा मोहनविक्रमले लिए, ६० वर्षपछि कमलराजले लिए
युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन !
सरकारको लाचारपनले गर्दा विचौलियाको दादागिरी
सरकारको लाचारपनले गर्दा विचौलियाको दादागिरी
ओलीले भने : खेलकुदले मित्रता बढाउँछ
ओलीले भने : खेलकुदले मित्रता बढाउँछ