ट्रम्पद्वारा दलीय मतभिन्नता त्याग्न आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • वासिङ्टन,२३ माघ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गर्नुभएको छ ।
  • स्थानीय समयअनुसार मङ्गलबार राति “स्टेट अफ दी युनियन” नाम दिइएको उक्त सम्बोधनमा आफूविरुद्ध भइरहेको “मुर्खतापूर्ण पक्षपातयुक्त अनुसन्धान” अन्त्य गर्न आग्रह गर्नुभयो ।

वासिङ्टन,२३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गर्नुभएको छ । स्थानीय समयअनुसार मङ्गलबार राति “स्टेट अफ दी युनियन” नाम दिइएको उक्त सम्बोधनमा आफूविरुद्ध भइरहेको “मुर्खतापूर्ण पक्षपातयुक्त अनुसन्धान” अन्त्य गर्न आग्रह गर्नुभयो ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले दलीय सहमतिका लागि आग्रह गरेपनि कठोर आप्रवासन नीतिको बचाव गर्नुभएको थियो । ट्रम्पका आप्रवासन नीतिले विपक्षी डेमोक्र्याट पार्टीलाई क्रुद्ध बनाउनुका साथै राष्ट्रपति ट्रम्पले आप्रवासी नियन्त्रणका नाममा मेक्सिको सीमामा पर्खाल निर्माण गर्न माग गर्नुभएको करिब ६ अर्ब डलरको बजेट डेमोक्र्याट्सको बहुमत रहेको कङ्ग्रेसले अस्वीकृत गरेको छ ।

सम्बोधनका क्रममा पनि राष्ट्रपति ट्रम्पले अवैध आप्रवासन अमेरिकाको सुरक्षा र आर्थिक सुव्यवस्थाका लागि चुनौती रहेको समेत बताउनुभयो ।उहाँले डेमोक्र्याट पार्टीसँगको सम्बन्ध सुधारका लागि कुनै नयाँ योजना अघि सार्नु भएन । बरु, सम्बोधनका क्रममा राष्ट्रपतिका कतिपय योजनाप्रति डेमोक्र्याट सांसदहरुले बेवास्ता गरेका थिए ।

 

राष्ट्रपति ट्रम्पले आगामी फेब्रुअरी १५ भित्र मेक्सिको सीमामा पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट पारित गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, समय नजिकिँदै छ, फेरि पनि बजेट अभावमा सङ्घीय कार्यालयहरु बन्द हुन सक्नेप्रति डेमोक्र्याट्सहरुले ध्यान दिनु आवश्यक छ । तर डेमोक्र्याट पार्टी राष्ट्रपति ट्रम्पको प्रस्तावमा अझै सहमत भएको छैन ।

मेक्सिको पर्खालको महत्वका बारेमा लामो व्याख्यान दिनुभएका राष्ट्रपति ट्रम्पले भन्नुभयो, “यो पर्खाल त बनाएरै छाड्छु ।”यसैगरी राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिका बारेमा पनि लामै चर्चा गर्नुभएको थियो । उहाँले भियतनाममा उत्तर कोरियाली नेता कीम जोङ–अनसँग फेब्रुअरी २७–२८ मा दोस्रो भेटवार्ता गरिने घोषणा गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “यदि म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए मेरो विचारमा अहिले उत्तर कोरियासँग ठूलै युद्ध भइरहेको हुन्थ्यो ।”भेनेजुएलामा जारी राजनीतिक घटनाक्रमप्रति निन्दा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “अमेरिका कहिल्यै पनि समाजवादी मुलुक हुने छैन ।” राष्ट्रपतिको उक्त भनाई वरिष्ट डेमोक्र्याट नेता बर्नी स्यान्डर्सप्रति पनि लक्षित थियो ।

राष्ट्रपतिको सम्बोधनका क्रममा सदनमा वरिष्ट डेमोक्र्याट र रिपब्लीकन नेताहरुको उपस्थिति थियो ।डेमोक्र्याट नेतृ स्टासी अब्राम्सले राष्ट्रपतिको सम्बोधनका विषयमा पार्टीका तर्फबाट प्रतिक्रिया दिनुभएको थियो । एटलान्टाबाट बोल्दै अब्राम्सले राष्ट्रपति ट्रम्पले सङ्घीय कार्यालयहरु आंशिक बन्द भएको घटनालाई राजनीतिक प्रचार–साधन स्टन्ट बनाएको आरोप लगाउनुभयो । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल
पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल
निर्मला हत्या प्रकरण : पक्राउ परेका युवालाई चुरोट तान्न दिँदै बयान लिन थालियो
निर्मला हत्या प्रकरण : पक्राउ परेका युवालाई चुरोट तान्न दिँदै बयान लिन थालियो
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
वर्तमान व्यवस्थालाई कसैले चुनौती दिन सक्दैनन् :प्रचण्ड
वर्तमान व्यवस्थालाई कसैले चुनौती दिन सक्दैनन् :प्रचण्ड
कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का
कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
इलाम-२ उपनिर्वाचन : रास्वपाका मिलन लिम्बुको जमानत जफत
इलाम-२ उपनिर्वाचन : रास्वपाका मिलन लिम्बुको जमानत जफत
निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक !
निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक !
देउवा र पौडलबीचको विवाद उत्कर्षमा
देउवा र पौडलबीचको विवाद उत्कर्षमा
कहाँ कति मत खस्यो? ३४ जिल्लाकै विस्तृत टेबल हेर्नुहोस् !
कहाँ कति मत खस्यो? ३४ जिल्लाकै विस्तृत टेबल हेर्नुहोस् !

तपाईंले छुटाउनुभयो कि?