कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ११, २०७९
|
|
२४ पटक हेरिएको
Shares
कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का

सारांश

  • काठमाडौ ।
  • नेपाल स्टक एक्सचेन्ज नेप्सेमा थप २ वटा वाणिज्य बैंकको शेयर कारोबार रोक्का भएको छ ।
  • नेप्सेमा कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का भएको हो ।

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा थप २ वटा वाणिज्य बैंकको शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का भएको हो ।

यी दुई बैंकबीच सोमबार मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएसँगै नेप्सेमा कारोबार रोक्का भएको हो। सम्झौतामा कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसीको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले हस्ताक्षर गरेका छन्। दुई बैंक १स्१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम कुमारी बैंक रहने छ भने मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने छन्। अर्याल हाल एनसीसीका सीइओ छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?