समृद्धिको एजेन्डामा कांग्रेस, मधेशी दलसँग सहकार्य गर्नुपर्ने प्रचण्डको धारणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २, २०७५
|
|
२९ पटक हेरिएको
Shares
समृद्धिको एजेन्डामा कांग्रेस, मधेशी दलसँग सहकार्य गर्नुपर्ने प्रचण्डको धारणा

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमै सक्ने बताएका छन् ।
  • पार्टी मुख्यालय धुमबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ कार्यक्रममा पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताए ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमै सक्ने बताएका छन् । पार्टी मुख्यालय धुमबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ कार्यक्रममा पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले एकताबद्ध हुन नसकेका कम्युनिष्टलाई पनि अहिलेको पार्टी एकतामा गोलबद्ध हुन आग्रह गरे । कम्युनिष्ट समूहलाई मात्र नभएर नेपाली कांग्रेस र मधेश केन्द्रित सबै पार्टी विकास र समृद्धिको एजेण्डामा सहकार्य गर्न आग्रह गरेका छन् । जनताले राजनीतिक स्थिरताका लागि निकै ठूलो बलिदान गरेकाले अब एक भएर विकास र समृद्धि यात्रामा अगाडि बढ्न आह्वानसमेत गरे ।

शहीदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी एकतामा थप ऊर्जा प्राप्त गर्ने अवसर रहेको बताए । प्रचण्डले कार्यकर्तामा पार्टी एकता जनसंगठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता बेलाबेलामा प्रकट हुने गरेको स्पष्ट पारे । “अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसंगठनको एकता टुंगाएर एउटा राष्ट्रव्यापी अभियानमा अगाडि बढ्नेछौँ ।” पार्टी एकता सफल पार्न एकदुई जना नेताले मात्र नभएर सबै नेता, कार्यकर्ता लाग्नुपर्नेसमेत धारणा राखे ।

जेठ ३ र फागुन १ लाई गतेलाई वैचारिक राजनीतिक एकतालाई सुदृढ गर्ने,  सांगठनिक भावनात्मक एकतालाई मजदुत बनाउने अवसरको रुपमा लिनुपर्ने प्रचण्डको भनाइ छ ।

(www.theseedpharm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?