उत्कृष्ट पुरस्कार पाएका कर्मचारीले घुस खाएपछि पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ घुस सहित पक्राउ परेका छन् ।
  • उनी सरकारका उत्कृष्ट कर्मचारी भन्दै पुरस्कार पाएका कर्मचारीसमेत हुन् ।

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ घुस सहित पक्राउ परेका छन् । उनी सरकारका उत्कृष्ट कर्मचारी भन्दै पुरस्कार पाएका कर्मचारीसमेत हुन् ।

श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाईदिने बहानामा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस रकम लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिँदै गर्दा भेटाएको थियो । अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?