बजेट कार्यान्वयनका लागि मासिक प्रगती समिक्षा गर्न अर्थमन्त्रीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
बजेट कार्यान्वयनका लागि मासिक प्रगती समिक्षा गर्न अर्थमन्त्रीको निर्देशन

सारांश

  • काठमाडौ ।
  • अर्थमन्त्री डा.
  • युवराज खतिवडाले बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आर्थिक बर्ष २०७४ र ७५ को बार्षिक प्रगति समीक्षा एंव मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैंठकमा अर्थमन्त्री खतिवडाले मातहतको निकायलाई निर्देशन दिएका हुन् ।

बजेट कार्यान्वयन र प्रभावकारी बनाउन मासिक रुपमा प्रगति समीक्षा गर्न र सरकारले उपलब्ध गराउनु पर्ने अनुदान एकद्धार प्रणालीबाट प्रदान गर्न निर्देशन दिए । अर्थमन्त्री खतिवडाले अर्थ मन्त्रालय र मातहतका निकायहरुबाट सम्पादन हुने कार्यहरु अझ बढी दक्ष, प्रभावकारी, गुणस्तरीय तथा मापन योग्य बनाउन जोड दिनुपर्ने बताए ।

त्यसैगरी अर्थमन्त्रीले जनतालाई वित्तीय पहुँच पुर्याउन घुम्ति बैंकबाट सेवा उपलब्ध गराउन राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको ध्यानकर्षण गराए । साथै उनले विप्रेषण आयलाई औपचारीक माध्यमबाट भित्रयाउन सरकारी तवरबाट थप जोड दिनुपर्ने बताए ।

 

सरकारी खर्च प्रणालीमा प्रभावकारीता अभिवृद्धि गर्न र मन्त्रालय मातहतका निकायहरुको कार्ययोजनाहरु पुरा गर्न थप तीव्रता दिन र नतिजामा केन्द्रीत रहनुपर्नेमा उनको जोड थियो ।

(veroinn.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?