राडीपाखी गाउँमा बिक्री हुन छाडे

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
४० पटक हेरिएको
Shares
राडीपाखी गाउँमा बिक्री हुन छाडे

सारांश

  • जाजरकोट, १३ फागुन , बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला मासिक ६ वटा राडीपाखी उत्पादन गर्थे ।
  • उहाँलाई माग धेरै आउँदा राडी तयार गर्न समस्या हुन्थ्यो ।
  • आजभोलि महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उहाँ बताउनुहुन्छ ।

जाजरकोट, १३ फागुन , बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला मासिक ६ वटा राडीपाखी उत्पादन गर्थे । उहाँलाई माग धेरै आउँदा राडी तयार गर्न समस्या हुन्थ्यो । आजभोलि महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उहाँ बताउनुहुन्छ ।

उहाँ मात्र होइन, जिल्लामा राडीपाखी व्यवसायलाई आफ्नो प्रमुख पेसा बनाएकाको व्यवसाय संकटमा पर्दै गएको छ । आफूले सिकेको सीप दोस्रो पुस्तामा हस्तान्तरण नहुँदा उनीहरूको व्यवसाय संकटमा परेको हो । बजारमा पाइने गलैँचा, कम्बल लगायतका सामग्रीले आफ्नो व्यवसाय संकटमा परेको उनीहरू बताउँछन्  । जाजरकोटमा परम्परागत रूपमा बुनिँदै आएका राडीपाखी र बख्खु बिस्तारै लोप हुँदै गएका छन्  ।

केही वर्षअघि सम्म हरेक घरमा भेडा तथा बाख्राको ऊनबाट तयार गरिने कपडाको प्रयोग हुन्थ्यो । स्थानीयवासी जनकबहादुर शाहीका अनुसार बजारमा तयारी कपडा सस्तोमा पाइने भएकाले हातले तयार गरेका कपडाको माग घट्दै गएको छ । युवापुस्ताले सीप नसिक्नु र तयारी कपडाको व्यापार ग्रामीण क्षेत्रसम्म बढ्दै जानुले राडीपाखी र बख्खु बिस्तारै लोप हुन हुन लागेको उहाँले बताउनुभयो ।

हिमाली क्षेत्रमा पाइने भेडाको रौँबाट ऊन तयार पारेर राडीपाखी र बख्खु बुन्ने गरिन्छ । एउटा राडी बुन्नका लागि कम्तीमा पनि दश दिन लाग्ने स्थानीयवासी रामबहादुर रावतले बताउनुभयो  । “समय पनि बढी लाग्ने र बिक्री गर्दा त्यति फाइदा नहुने भएकाले अहिले राडीपाखी र बख्खु बुन्ने काम घट्दै गएको छ,” उहाँले भन्नुभयो, “अहिले त्यस्ता सामग्री आफन्तलाई कोशेलीका रूपमा पठाउनका लागि मात्र बुन्ने गरिएको छ । पहिले धेरै बिक्री हुन्थ्यो, आजभोलि बजारमा मागसमेत घटेकाले बिक्री हुन छाडेको छ ।” बजारमा एउटा राडी रु चारदेखि छ हजार सम्ममा बिक्री हुने गरेको छ ।

समय खर्चिएर भेडाको ऊन काटेर धागो बनाई राडीपाखी र बख्खु बुन्नुभन्दा बजारबाट कपडा किन्न सजिलो भएकाले घरमै गर्न सकिने यो पेशा बिस्तारै लोप हुँदै गएको स्थानीयवासी बताउँछन् । पुरानो पुस्ताले गाउँमै बुनिएको कपडा प्रयोग गर्दै आए पनि नयाँ पुस्ताले प्रयोगमा रुचि नदेखाएको जाजरकोट उद्योग वणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो  ।

(https://whatthefab.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजदेवी मन्दिरमा १२ हजार बलि
राजदेवी मन्दिरमा १२ हजार बलि
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
स्वर्णलक्ष्मी सहकारीको ठगीमा बयान लिन रवि लामिछानेलाई काठमाडौं ल्याइयो
स्वर्णलक्ष्मी सहकारीको ठगीमा बयान लिन रवि लामिछानेलाई काठमाडौं ल्याइयो
जाजरकोट पहिराे: आठ जनाको शव फेला, पत्रकार बोहराकी ८ वर्षीया छोरीकाे पानि मृत्यु
जाजरकोट पहिराे: आठ जनाको शव फेला, पत्रकार बोहराकी ८ वर्षीया छोरीकाे पानि मृत्यु
देवेन्द्र पौडेलको काउन्टरः हेक्का होस् प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ
देवेन्द्र पौडेलको काउन्टरः हेक्का होस् प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ
गणपुरक सङ्ख्याको अभावमा सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन
गणपुरक सङ्ख्याको अभावमा सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन
वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित
वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित
असार १५ : ​यसरी मनाईयो धुमधामका साथ धान दिवस (फोटोफिचर)
असार १५ : ​यसरी मनाईयो धुमधामका साथ धान दिवस (फोटोफिचर)
सुन काण्डमा राजनीतिक संरक्षणको आशंका
सुन काण्डमा राजनीतिक संरक्षणको आशंका
हिमाल आरोहणका लागि बहराइनका राजकुमार काठमाडौँमा
हिमाल आरोहणका लागि बहराइनका राजकुमार काठमाडौँमा

तपाईंले छुटाउनुभयो कि?