ताप्लेजुङ,बैतडी,गुल्मीको ताजा मत पारीणाम

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
ताप्लेजुङ,बैतडी,गुल्मीको ताजा मत पारीणाम

सारांश

  • ताप्लेजुङः आठराई त्रिवेणी गाउँपालिका अध्यक्षमा कांग्रेस १३ मतले विजयी  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा २ हजार २ सय २७ मत ल्याएर अध्यक्षमा नेपाली कांग्रेसका विश्व सिटौला विजयी हुनुभएको छ ।
  • उहाँका प्रतिस्पर्धी नेकपा एमालका लक्ष्मीबहादुर याक्सोले २ हजार २ सय १४ मत ल्याउनुभयो ।
  • १३ मतले सिटौला विजयी हुनुभयो ।
ताप्लेजुङः आठराई त्रिवेणी गाउँपालिका अध्यक्षमा कांग्रेस १३ मतले विजयी

 ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा २ हजार २ सय २७ मत ल्याएर अध्यक्षमा नेपाली कांग्रेसका विश्व सिटौला विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालका लक्ष्मीबहादुर याक्सोले २ हजार २ सय १४ मत ल्याउनुभयो । १३ मतले सिटौला विजयी हुनुभयो ।

एमालेकी मञ्जु भट्टराई विजयी हुनुभयो । फुङ्लिङ नगरपालिकामा नेकपा एमालेका छत्रपति प्याकुरेल २ हजा।र ४ सय ६४ मत सहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई केशव प्रसाद दाहालले २ हजार ११ मतले पछ्याइरहनुभएको छ । सिदिङवा गाउँपालिकामा नेपाली कांग्रेसले १ हजार ५१ मतसहित अघि छ भने एमालेका उमेद्वारले ८ सय ७८ मत पाएका छन् ।

यसैबिच ताप्लेजुङकै फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ याङ्मा मतदान केन्द्रको मतपेटीका बोकेर मतगणनास्थल ल्याइदैछ । मौसम खरावीका कारण तीन दिनसम्म हेलिकोप्टर जान नसकेपछि हिजो बोकेर मतपेटिका ल्याइएको हो । अहिले लेलेप आइपुगेको मतपेटिका बिहान १० बजेसम्ममा ताकेथोक केन्द्रमा ल्याएर मतगणना गर्ने योजना रहेको निर्वाचन अधिकृतले जनाएका छन् ।

बैतडीः दशरथचन्द नगरपालिकामा कांग्रेस विजयी, सुरुमा अघि रहेका एमाले उम्मेदवार ६२ मतले हारे

 बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नरेन्द्रसिंह थापाले ३ हजार ७६२ मत ल्याएर मेयरमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका पुष्करराज जोशी (लख्खाभाइ)ले ३ हजार ७ सय मत ल्याउनुभयो । मतगणनाको सुरुदेखि अग्रता लिईरहेका राप्रपाका पुष्करराज जोशी (लख्खाभाइ) अन्तिममा ६२ मतले पराजित हुनुभएको हो ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकै मीना चन्दले ३ हजार सात सय ३१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वती नेपालीले २ हजार नौ सय ९७ मत ल्याउनुभयो । उपमेयरमा विजयी चन्दले शिक्षक पेशाबाट राजीनामा दिएर उपमेयर पदमा उम्मेद्वारी दिएका थिए ।

मेयर पदमा विजयी नरेन्द्रसिंह थापा २०५४ सालमा पनि दशरथचन्द नगरपालिकाको निर्वाचित उपमेयर हुनुहुन्थ्यो । नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनु भएका थापाले २०४९ सालमा तत्कालिन त्रिपुरासुन्दरी गाविसको निर्वाचित अध्यक्ष समेत हुनुहुन्थ्यो । दशरथचन्द नगरपालिकाको वडा नं १, २, ३, ४, ६, ७ र ८ मा नेपाली कांग्रेस तथा वडा नं ५, १० र ११ मा नेकपा एमाले विजयी भएको छ ।

गुल्मीः रेसुङगाको मेयर र उपमेयरमा एमाले विजयी

गुल्मीको रेसुंगा नगरपालिकामामा एमालेले मेयर र उपमेयर दुवै जितेको छ । एमालेका डिल्लीराज भुषालले ६ हजार ३ सय ८१ मत प्राप्त गरी जित्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले ६ हजार २ सय ४ मत ल्याउनुभयो । त्यस्तै उममेयरमा एमालेकै सीता भण्डारीले ६ हजार २ सय १३ मत ल्याएर जित्नुभएको छ । उहाँका प्रतिस्पर्धी अमृतादेवी कुँवरले ६ हजार १ सय ७९ मत ल्याउनुभयो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युएस बंगला एयरलाइन्समा ज्यान गुमाउनेको क्षतिपूर्ति २ अर्ब १० करोड माग
युएस बंगला एयरलाइन्समा ज्यान गुमाउनेको क्षतिपूर्ति २ अर्ब १० करोड माग
बि.सं.२०७४ साल पौष ३० गते आइतवारको राशिफल
बि.सं.२०७४ साल पौष ३० गते आइतवारको राशिफल
सात स्थानमा झोलुंगे पुल निर्माण, स्थानीयवासीलाई सहज
सात स्थानमा झोलुंगे पुल निर्माण, स्थानीयवासीलाई सहज
खानेपानी संस्थानलाई सशक्त बनाउनुहोस् : खानेपानी मन्त्री मगर
खानेपानी संस्थानलाई सशक्त बनाउनुहोस् : खानेपानी मन्त्री मगर
कोरोना संक्रमणः नेपालका लागि यो साता चूनौतिपूर्ण
कोरोना संक्रमणः नेपालका लागि यो साता चूनौतिपूर्ण
ओलीसँग माधव नेपाल असन्तुष्ट, मन्त्री अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने !
ओलीसँग माधव नेपाल असन्तुष्ट, मन्त्री अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने !
सर्ट भएको विद्युत्को तार बनाउने क्रममा करेन्ट लागेर एकको मृत्यु
छोरी जन्माएकै कारण श्रीमानले गरे घर निकाला, फोन गर्दा गाली गर्ने मार्ने धम्की
छोरी जन्माएकै कारण श्रीमानले गरे घर निकाला, फोन गर्दा गाली गर्ने मार्ने धम्की
सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन: काङ्ग्रेस
सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन: काङ्ग्रेस
पाल्पामा स्कुल बस दुर्घटना
पाल्पामा स्कुल बस दुर्घटना

तपाईंले छुटाउनुभयो कि?