सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्ने सोचेका छौँ : मन्त्री मोदी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
४९ पटक हेरिएको
Shares
सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्ने सोचेका छौँ : मन्त्री मोदी

सारांश

  • काठमाडौँ ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देशको सातै प्रदेशमा निजामती कर्मचारी अस्पतालजस्तै नमूना अस्पताल निर्माण गर्ने बताएका छन् ।
  • आज यहाँ आयोजित निजामती कर्मचारी अस्पतालमा सर्जिकल भवन हस्तान्तरण कार्यक्रममा उनले आगामी बजेटमा अस्पताल निर्माणका लागि थप बजेटको व्यवस्था गर्ने तयारीमा सरकार रहेको जानकारी दिएका हुन् ।

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देशको सातै प्रदेशमा निजामती कर्मचारी अस्पतालजस्तै नमूना अस्पताल निर्माण गर्ने बताएका छन् ।

आज यहाँ आयोजित निजामती कर्मचारी अस्पतालमा सर्जिकल भवन हस्तान्तरण कार्यक्रममा उनले आगामी बजेटमा अस्पताल निर्माणका लागि थप बजेटको व्यवस्था गर्ने तयारीमा सरकार रहेको जानकारी दिएका हुन् ।

मन्त्री मोदीले भने, “निजामती कर्मचारी अस्पतालजस्तै सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्नेबारे सोचिरहेका छौँ । यसका लागि आगामी आवमा बजेटको व्यवस्था गर्न खोजिरहेका छौँ ।” उानले अस्पताल निर्माणको योजनाबारे जानकारी दिँदै भने, “ती अस्पतालमध्ये पनि राष्ट्रिय कलाकार, राष्ट्रिय व्यक्तित्व, विभिन्न आन्दोलनका घाइते, सहिद वा बेपत्ताका परिवारका लागि पनि छुट्टै अस्पताल निर्माण गर्ने सोचेका छौँ ।”

मन्त्री मोदीले सबै जनतामा सुलभ उपचार सेवा उपलब्ध गराउन मन्त्रालयले पहल गर्ने र थप अस्पताल निर्माणका लागि चीन सरकारसँग सहयोगका लागि पहल गरिने धारणा व्यक्त गरे । कार्यक्रमा चीन सरकारले निर्माण गरेको नयाँ सर्जिकल भवन र पुरानो भवन पुनःनिर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
समारोहमा नेपालका लागि चीनियाँ राजदूत छन सोङ्ले स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य गर्न चीन सरकार प्रतिबद्ध रहेको बताए । “विगत केही दशकयता, नेपाल सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन धेरै हदसम्म सफल भएको छ । यसबीच चीन सरकार र नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा गरेको सहकार्यले दुवै देशको सम्बन्धलाई एउटा उचाई दिलाएको छ”, उनले भने ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा विधाननिधि पौडेलले उक्त सर्जिकल भवनले थप उपचार सेवा उपलब्ध गराउन सहज हुने बताए । उक्त भवनमा एक सय पाँच साधारण शय्या, १२ सघन कक्ष र चार शल्यचिकित्सा कक्ष छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी
६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी
बुधवार ७३६ कोरोना संक्रमित थपिए
बुधवार ७३६ कोरोना संक्रमित थपिए
डा उपेन्द्र देवकाेटा नरहेको असत्य खबर सोसल मिडियामा भाइरल !
काठमााडौंको सवारी साधनमा जोर बिजोर प्रणालीः सर्वसाधरण मर्कामा, जोर बिजोरको अवज्ञा गर्न दलका नेताहरुको आह्वान
काठमााडौंको सवारी साधनमा जोर बिजोर प्रणालीः सर्वसाधरण मर्कामा, जोर बिजोरको अवज्ञा गर्न दलका नेताहरुको आह्वान
भारतमा रहेका बेला देउवाविरुद्ध कांग्रेसका प्रभावशाली नेताहरूको गोप्य भेला
भारतमा रहेका बेला देउवाविरुद्ध कांग्रेसका प्रभावशाली नेताहरूको गोप्य भेला
बैशाख ३ गते शुक्रवारको राशिफल यस्तो छ
बैशाख ३ गते शुक्रवारको राशिफल यस्तो छ
सुमो जिप खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु…
सुमो जिप खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु…
गुटगत विवादले थलिएको माउ पार्टीको रोग भ्रातृसंगठनमा , स्थगित भयो कार्यक्रम !
गुटगत विवादले थलिएको माउ पार्टीको रोग भ्रातृसंगठनमा , स्थगित भयो कार्यक्रम !
एमाले पार्टी कार्यालयमा आगजनी…
एमाले पार्टी कार्यालयमा आगजनी…
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा के-के छन् एजेन्डा ?
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा के-के छन् एजेन्डा ?