पूर्वका ठूला नगरमा कसले कति मत पाए ? ताजा मत परिणाम हेर्नुहोस
सारांश
- इटहरी १६ असार ।
- इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।
- कांग्रेसका मेयरका उम्मेदवारले २५३४ र उपमेयरले २५२२ मत पाएका छन् ।
इटहरी १६ असार । इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । कांग्रेसका मेयरका उम्मेदवारले २५३४ र उपमेयरले २५२२ मत पाएका छन् ।बुटवल उपमहानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ ।
एमालेका मेयरका उम्मेदवारले २३०७ र उपमेयरमा २२७८ मत पाएका छन् । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारले १०५४ मत पाएका छन् भने उपमेयरमा ८९२ मत आएको छ ।
एमालेले मेयरमा ७३९ र उपमेयरमा फोरम लोकतान्त्रिकले ४०० मत पाएको छ ।समाजवादी फोरमले मेयरमा ४३ र उपमेयरमा माओवादी केन्द्रले ३५३ मत पाएका छन् । धरान उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेदवारले १६८२ र उपमेयरमा १६६८ मत पाएका छन् ।
कांग्रेसका मेयरका उम्मेदवारले १४८७ र उपमेयरमा १५४७ मत पाएका छन् । माओवादी केन्द्रका मेयरका उम्मेदवारले ९०० र उपमेयरमा २७३ मत पाएका छन् । धनकुटा नगरपालिकामा एमालेका मेयरका उम्मेदवारले ३८६९ र उपमेयरले ४३९० मत पाएका छन् । कांग्रेसका मेयरका उम्मेदवारले ३७२० र उपमेयरमा २८९३ मत पाएका छन् ।माओवादी केन्द्रका मेयरका उम्मेदवारले १४७६ र उपमेयरमा १३०८ मत पाएका छन् ।
प्रतिक्रिया