नेपाल मेडिसिटीका ४० नर्सद्वारा इन्ट्रा–क्वीजमा सहभागिता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २६, २०७६
|
|
५४ पटक हेरिएको
Shares
नेपाल मेडिसिटीका ४० नर्सद्वारा इन्ट्रा–क्वीजमा सहभागिता

सारांश

  • ललितपुर, २६ बैशाख ।
  • अन्तर्राष्ट्रिय नर्सिङ सप्ताहको अवसरमा नेपाल मेडिसिटी अस्पतालले आज आन्तरिक हाजीरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ ।
  • विभिन्न विभागमा कार्यरत ४० नर्सहरुले प्रतिस्पर्धामा सहभागिता जनाएका छन् ।
ललितपुर, २६ बैशाख । अन्तर्राष्ट्रिय नर्सिङ सप्ताहको अवसरमा नेपाल मेडिसिटी अस्पतालले आज आन्तरिक हाजीरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । विभिन्न विभागमा कार्यरत ४० नर्सहरुले प्रतिस्पर्धामा सहभागिता जनाएका छन् ।

नर्सिङ क्षेत्र र यस सम्बन्धित प्रश्नहरु राखिएको यस प्रतिस्पर्धाका सहभागीमध्ये आस्मा प्रधानले प्रथम, श्रृजना श्रेष्ठले दोश्रो तथा रोमी महर्जनले तेश्रो स्थान हाँसिल गर्न सफल भएका छन् ।

आम नागरिक र समुदायसंग कुनै न कुनै प्रकारले नर्सहरुको सम्बन्ध र योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि नर्सहरुको भूमिका महत्वपूर्ण रहेको विषयलाई मध्येनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले बैशाख २५, २७, र २९ गते विशेष कार्यक्रमको आयोजना गरिरहेको छ ।

प्रत्येक वर्ष मे महिनाको ६ देखी १२ तारिखसम्म मनाइने सप्ताहव्यापी नर्सिङ दिवसको यस वर्षको नारा ‘नर्सिङः द ब्यालेन्स अफ माइन्ड, बडि एण्ड स्पिरीट’ रहेको छ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन मे १२मा पर्ने भएकाले यस दिनलाई नर्सिङ दिवसका रुपमा संसरभर मनाउने गरिन्छ ।

नर्सहरु स्वास्थ्य सेवामा पूर्ण आत्मविश्वासका साथ नेतृत्व तहमा पूुग्न सक्ने वातावरण निर्माण गर्न नेपाल मेडिसिटी अस्पतालले विभिन्न प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं १ मा डिसहोमको माग बढ्यो, सिमटिभीको पर्खाइमा उपभोक्ता
प्रदेश नं १ मा डिसहोमको माग बढ्यो, सिमटिभीको पर्खाइमा उपभोक्ता
भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छुः निर्देशक द्विवेदी
भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छुः निर्देशक द्विवेदी
जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह
जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह
मेलबर्नमा भ्रस्टाचार बिरुद्ध बिषयमा अन्तकृया संपन्न
मेलबर्नमा भ्रस्टाचार बिरुद्ध बिषयमा अन्तकृया संपन्न
सन् २०१८ लाई फर्केर हेर्दा : प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष
सन् २०१८ लाई फर्केर हेर्दा : प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष
मध्यपहाडी राजमार्ग खुल्यो, पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन आग्रह
मध्यपहाडी राजमार्ग खुल्यो, पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन आग्रह
मनाेरञ्जन समाचार : सारा अली खानले घर छोडेकै हो?
मनाेरञ्जन समाचार : सारा अली खानले घर छोडेकै हो?
सवारी कर्जा सस्तो भएसँगै बढ्यो गाडीको जाँचपास
सवारी कर्जा सस्तो भएसँगै बढ्यो गाडीको जाँचपास
दुर्लभ शालिग्राम सङ्ग्रहालयमा
दुर्लभ शालिग्राम सङ्ग्रहालयमा
एसइई को परीक्षाफलका कारण परीक्षा नियन्त्रक कारबाहीमा
एसइई को परीक्षाफलका कारण परीक्षा नियन्त्रक कारबाहीमा