सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ – मुख्यमन्त्री गुरुङ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ – मुख्यमन्त्री गुरुङ

सारांश

  • पोखरा, ७ फागुन ,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्ने बताउनुभएको छ ।
  • राष्ट्रिय समाचार समितिको ५८ औँ वार्षिकोत्सवका अवसरमा रासस गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित ‘मुलुकको सङ्घीय संरचनामा राससको भूमिका’ विषयक अन्तक्र्रिया एवं सम्मान कार्यक्रममा उहाँले समाचार राजनीतिक र मनोरञ्जनात्मक मात्र नभई वर्तमान परिप्रेक्ष्यमा जनताका आवाजलाई मुखरित गर्नुपर्छ भन्नुभयो ।
  • प्रदेश सरकारले आफ्नै सञ्चार नीति बनाउने तयारी गरेको उल्लेख गर्दै उहाँले राष्ट्रिय एकताका लागि योगदान गर्ने भूमिकाको आवश्यकता औँल्याउनुभयो ।

पोखरा, ७ फागुन ,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समितिको ५८ औँ वार्षिकोत्सवका अवसरमा रासस गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित ‘मुलुकको सङ्घीय संरचनामा राससको भूमिका’ विषयक अन्तक्र्रिया एवं सम्मान कार्यक्रममा उहाँले समाचार राजनीतिक र मनोरञ्जनात्मक मात्र नभई वर्तमान परिप्रेक्ष्यमा जनताका आवाजलाई मुखरित गर्नुपर्छ भन्नुभयो ।

प्रदेश सरकारले आफ्नै सञ्चार नीति बनाउने तयारी गरेको उल्लेख गर्दै उहाँले राष्ट्रिय एकताका लागि योगदान गर्ने भूमिकाको आवश्यकता औँल्याउनुभयो ।
राससका पूर्वअध्यक्ष कोमलनाथ बरालले लिथो मेशिनबाट शुरु भएको राससको समाचार सेवा अहिले कम्प्युटर युगमा प्रवेश गरेको प्रसङ्ग उल्लेख गर्दै रासस ‘समाचारको बैंक’का रुपमा स्थापित रहेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला संयन्त्र सदस्य दामोदर बैरागीले समाचारको ‘मूल’ रासस भएको बताउँदै समाचार समाज र उत्पादनलाई योगदान दिने किसिमका हुनुपर्ने धारणा राख्नुभयो ।

प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले सञ्चार क्षेत्रमा राससको महत्वपूर्ण योगदान रहेको बताउँदै समयसापेक्ष गुणस्तरीय समाचार सेवाको आवश्यकता औँल्याउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले रासस खोजमूलक समाचारतर्फ केन्द्रित बन्नुपर्ने सुझाव दिनुभयो । रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका पूर्वप्रमुख नारायण कार्कीले रासससँगका अनुभव स्मरण गर्दै ग्रामीण एवं विकट बस्तीका समाचारमा जोड दिनुपर्ने बताउनुभयो ।

स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले राससका समाचार अनाधिकृत प्रयोग एवं तोडमोड गर्ने प्रवृत्ति देखिएको बताउँदै यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेलले राससलाई मानवीय रुचि र चासोका विषयमा पनि केन्द्रित हुनुपर्ने आवश्यकता माथि प्रकाश पार्नुभयो ।

सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष स्मिता अधिकारी र क्रियाशील महिला पत्रकार सञ्जाल, कास्की अध्यक्ष सरिता तिमल्सिना(पङ्गेनी)ले राससलाई आगामी दिनमा अझै महिलामैत्री बनाउनुपर्ने सुझाव दिनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले रासस राष्ट्रको धरोहर भएको प्रसङ्ग उल्लेख गर्दै समाचारमा राससको स्रोत नखुलाउने प्रवृत्तिलाई निरुत्साहित पार्नुपर्ने बताउनुभयो ।

गोरखापत्र संस्थानका पूर्वसञ्चालक सदस्य नवराज सुवेदीले रासस राजनीतिक समाचारतर्फ भन्दा समसामयिक जीवनका समाचारतर्फ केन्द्रित बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चार केन्द्र पोखराका प्रमुख तुलसीप्रसाद आचार्य, कर्मचारी सञ्चयकोष पोखराका प्रमुख दिलीप पौडेल, रेडियो नेपाल गण्डकी प्रदेश प्रसारण केन्द्र पोखराका निमित्त प्रमुख खेम सारुमगर, टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेललगायतले राससको महत्व माथि प्रकाश पार्नुभएको थियो ।

सञ्चारकर्मी सम्मान

सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विभिन्न विधामा उत्कृष्ट सञ्चारकर्मीलाई नगद तथा प्रशंसापत्रबाट सम्मान गर्नुभयो ।

सम्मानित हुनेमा उत्कृष्ट आलेखतर्फ रासस गण्डकी प्रदेश कार्यालयका उपसमाचारदाता वासुदेव पौडेल र मुस्ताङका स्थानीय समाचारदाता नीरज थकाली हुनुहुन्छ ।

त्यस्तै उत्कृष्ट स्थानीय समाचारदाताबाट पुरस्कृत हुनेमा पर्वतका लक्ष्मीप्रसाद सापकोटा हुनुहुन्छ भने उत्कृष्ट तस्बीरतर्फ तनहुँका कृष्ण न्यौपाने हुनुहुन्छ ।

(www.curlygirldesign.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोली एमालेले संसद चल्न नदिने !
वामगठबन्धन लाइ उम्मेद्वारकाे टुंगाे लगाउन कठिन।  अब के हुन्छ ?
वामगठबन्धन लाइ उम्मेद्वारकाे टुंगाे लगाउन कठिन। अब के हुन्छ ?
आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा
आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा
दक्षिण कोरियामा पाइला टेक्ने किम जोन उन पहिलो उत्तर कोरियाली नेता- दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता
दक्षिण कोरियामा पाइला टेक्ने किम जोन उन पहिलो उत्तर कोरियाली नेता- दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता
नेपालको पहिलो सहभागितामै सफलता, दोस्रो चरणमा प्रवेश
नेपालको पहिलो सहभागितामै सफलता, दोस्रो चरणमा प्रवेश
रौतहटमा सुत्केरी बोकेको गाडी खोलामा खस्यो, छ जनाको मृत्यु
नेकपा एसको चुनावी एजेण्डा: निःशुल्क खानेपानीदेखि २०० युनिट विजुली निःशुल्क
नेकपा एसको चुनावी एजेण्डा: निःशुल्क खानेपानीदेखि २०० युनिट विजुली निःशुल्क
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
विरासत जोगाउन कस्सिए दुई राज्यमन्त्री
विरासत जोगाउन कस्सिए दुई राज्यमन्त्री
अज्ञात समूहद्धारा प्रचण्ड बसकेको घर नजिकै बम विस्फोट
अज्ञात समूहद्धारा प्रचण्ड बसकेको घर नजिकै बम विस्फोट

तपाईंले छुटाउनुभयो कि?