रौतहटमा सुत्केरी बोकेको गाडी खोलामा खस्यो, छ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २९, २०७४
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • रौतहट, २९ साउन ।
  • रौतहट जिल्लामा सुत्केरी बोकेको गाडी बाढीले बाटो भत्काएको स्थानमा खोलामा खसेको छ ।
  • गाडी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।

रौतहट, २९ साउन । रौतहट जिल्लामा सुत्केरी बोकेको गाडी बाढीले बाटो भत्काएको स्थानमा खोलामा खसेको छ । गाडी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।

जिल्लाको लौकाह गाउँबाट गर्भवती महिलालाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । आइतबार
बिहान करिव तीन बजे भारतीय नम्बर प्लेटको गाडीमा लौकाहबाट प्राथमिक स्वास्थ्य केन्द्र राजपुर परदहवा लैजाने क्रममा लालबकैया नदीको बाढीले सडक कटान गरेको स्थानमा गाडी खसेको थियो ।

गाडीमा आठ जना सवार रहेकोमा चालक र एक जना अर्का व्यक्ति भने पौडेर बाँच्न सफल भएका छन् । गाडीमा सवार गर्भवतीसहित ४ जना महिला तथा २ पुरुषको मृत्यु भएको छ ।

शवहरूलाई खाल्डोबाट निकालिएको छ । गाडी भने अझै खाल्डोमा नै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?