महानगरलाई चीनको २७ लाखको सहयोग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १६, २०७७
|
|
१६ पटक हेरिएको
Shares
महानगरलाई चीनको २७ लाखको सहयोग

सारांश

  • चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई रु २७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
  • ती सामग्री बिहीबार महानगरपालिका आइपुगेको हो ।
  • रसुवाको टिमुरे भन्सार नाकाबाट सिगात्से सिटीका प्रतिनिधि तथा नेपाल प्रवासी चिनियाँ सङ्घका सदस्य ज्याङ जिङ च्याङ, वाङ ज्यूजाङ, हुई घिङ, डाङलगायतका प्रतिनिधिले भरतपुर महानगरपालिकाका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपाने नेतृत्वको टोलीलाई सामग्री प्रदान गरेको थियो ।

चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई रु २७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । ती सामग्री बिहीबार महानगरपालिका आइपुगेको हो ।

रसुवाको टिमुरे भन्सार नाकाबाट सिगात्से सिटीका प्रतिनिधि तथा नेपाल प्रवासी चिनियाँ सङ्घका सदस्य ज्याङ जिङ च्याङ, वाङ ज्यूजाङ, हुई घिङ, डाङलगायतका प्रतिनिधिले भरतपुर महानगरपालिकाका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपाने नेतृत्वको टोलीलाई सामग्री प्रदान गरेको थियो । भरतपुर महानगरपालिका र चीनको गुर्मुसिटीसँग भगिनी सम्बन्ध कायम रहेको छ भने घाङ् सिटी र सिगारसँग भगिनी सम्बन्ध कायमको प्रक्रियामा रहेको छ ।

सामान प्राप्त भएसँगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वास्थ्य सामग्रीले कोभिड–१९ सँग लड्न थप हौसला प्रदान गरेको बताए । तिब्बत प्रान्तमा रहेको सिगात्से सिटीले एन–९५ माक्स एक हजार थान, सर्जिकल मास्क ५० हजार थान, आरडिटी कीट ८०० थान, पिपिई १०० थान, मेडिकल फेस सिल्ड एक हजार थान र सर्जिकल पञ्जा चार हजार थानलगायत स्वास्थ्य सामग्री भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरेको हो ।

मित्र राष्ट्र चीनको सिगात्से सिटीले कोभिड–१९ को महामारीसँग लड्न यति धेरै स्वास्थ्य सामग्री भरतपुर महानगरपालिकालाई प्रदान गरेर अतुलनीय सहयोग गरेको बताउँदै महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्रीको अधिकतम उपयोग गरी कोभिड–१९ विरुद्ध लड्ने बताए ।

भरतपुर महानगरपालिका र चीनका शहरसँग प्रविधि हस्तान्तरणका साथै दुई पक्षीय सहयोगका साथ अवलोकन भ्रमण हुँदै आएको छ । कोभिड–१९ कै क्रममा चीनको गुर्मु सिटीले पनि भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको थियो । यस्तै, बिहीबार संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिमण्डलले कोभिड–१९ सँग लड्न र क्वारेन्टिन व्यवस्थापनका लागि चाहिने स्वास्थ्य सामग्री प्रदान गरेको छ ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा
ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा
Currency trading – Precisely what are Virtual Foreign currencies?
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा  तनाव !
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा तनाव !
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
संघीय संसद भवनको प्रधानमन्त्रीद्वारा शिल्यान्यास
संघीय संसद भवनको प्रधानमन्त्रीद्वारा शिल्यान्यास
प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलाई विप्लव नेताको मुद्दा
प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलाई विप्लव नेताको मुद्दा
‘कांग्रेस फुटाउन पैसा लिने’ उमेश गिरी एमालेमा
‘कांग्रेस फुटाउन पैसा लिने’ उमेश गिरी एमालेमा
नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण
नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
भारतको महाराष्ट्रमा माओवादीको भिषण आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु
भारतको महाराष्ट्रमा माओवादीको भिषण आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु

तपाईंले छुटाउनुभयो कि?