अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश
सारांश
- काठमाडौं ८,फागुन।
- काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
- बुधबार लिगको पहिलो क्वालिफायर खेलमा अंकतालिकामा शीर्ष अत्तरियाले दोस्रो स्थानमा रहेको काठमाडौंलाई पुनः निराश तुल्याएको हो ।
काठमाडौं ८,फागुन। काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
बुधबार लिगको पहिलो क्वालिफायर खेलमा अंकतालिकामा शीर्ष अत्तरियाले दोस्रो स्थानमा रहेको काठमाडौंलाई पुनः निराश तुल्याएको हो । मंगलबारको पहिलो चरणको अन्तिम खेलमा पनि अत्तरियाले सात विकेटले हराएको थियो ।
अत्तरिया डीपीएलको तीनवर्षे इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको हो । सन् २०१८ मा चौथों बनेको यो टिम २०१७ मा छैटौंमा खुम्चिएको थियो ।
निराश काठमाडौंको उपाधि यात्रा भने सकिएको छैन । काठमाडौंले फाइनल प्रवेशका लागि रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेडको विजेतासँग खेल्नुपर्नेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया