सिसी क्यामराको निगरानीमा पढाइ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
३७ पटक हेरिएको
Shares
सिसी क्यामराको निगरानीमा पढाइ

सारांश

  • यहाँको एक सामुदायिक विद्यालयमा सिसीटिभीको निगरानीमा पढाइ शुरु भएको छ ।
  • जिल्लाकोे भेरी नगरपालिका–१ मा रहेको शिव माध्यमिक विद्यालयमा सिसीटिभी क्यामराको निगरानीमा पढाइ शुरु भएको हो ।
  • विद्यालयमा शिक्षकले पूरा समय दिएर पढाउन् र विद्यार्थी पनि अनुशासित भई पढुन् भनेर यस्तो व्यवस्था गरिएको प्रधानाध्यापक तिलक खत्रीले बताउनुभयो ।

यहाँको एक सामुदायिक विद्यालयमा सिसीटिभीको निगरानीमा पढाइ शुरु भएको छ ।

जिल्लाकोे भेरी नगरपालिका–१ मा रहेको शिव माध्यमिक विद्यालयमा सिसीटिभी क्यामराको निगरानीमा पढाइ शुरु भएको हो । विद्यालयमा शिक्षकले पूरा समय दिएर पढाउन् र विद्यार्थी पनि अनुशासित भई पढुन् भनेर यस्तो व्यवस्था गरिएको प्रधानाध्यापक तिलक खत्रीले बताउनुभयो ।

सदरमुकाम खलंगा नजिकै कालेगाउँमा रहेको यो विद्यालयलाई विगतमा शिक्षण उपलब्धि सन्तोषजनक नभएको आरोप लगिरहन्थ्यो । विगत एक वर्षको अथक मेहनतपछि अहिले सिसी क्यामराको निगरानीमा पढाइ हुँदा स्थानीय दंग छन् ।

विद्यालयमा विद्यार्थीको निकै ठूलो भिड छ । विद्यालयले कृषि जेटिए र भेटनरी जेटिए कक्षासमेत विद्यालयले सञ्चालन गरेको छ । यहाँ विज्ञान प्रयोगशाला, शुद्ध खानेपानीको व्यवस्था हुनका साथै तरकारीको बीउ पनि उत्पादन हुने गर्दछ । विद्यालयमा हुने विभिन्न गतिविधि हेरेर स्थानीयले आफ्नो तरकारी, अन्य बाली लगाउँदा सल्लाह लिने गरेका छन् ।

विद्यालयको चारैतिर घेराबार लगाइएको छ । बिहानैदेखि सञ्चालन हुने विद्यालय बेलुका ४ बजेसम्म सुचारु हुन्छ । विद्यालयमा इन्टरनेट र सबै विद्यार्थीका अगाडि कम्प्युटरको सहायताले शिक्षण हुने गरेको छ । यो विद्यालयमा जाजरकोट, रुकुम, सल्यान र डोल्पासम्मका विद्यार्थी पढ्ने गरेका छन् ।

विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी नभए पनि निजीस्तरबाट राखिएका शिक्षकको भरमा यो विद्यालय अब्बल बन्दै गएको छ । विद्यालयभित्र गएपछि विद्यालयका बारेमा सबै विवरण स्पष्ट देखिने गरी राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा
ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा
पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी
पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल
राधिकाको हत्यामा संलग्न प्रहरी हबल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
राधिकाको हत्यामा संलग्न प्रहरी हबल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
नेपालको खराब ब्याटिङ, १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत
नेपालको खराब ब्याटिङ, १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : सेनाको विस्फोटक पदार्थ नलिइने
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : सेनाको विस्फोटक पदार्थ नलिइने
कारले मोटरसाइकल ठक्कर दिंदा एक युवकको मृत्यु
Women’s Health Tips for Heart, Mind, and Body
Women’s Health Tips for Heart, Mind, and Body
निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने
निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने
उत्तर कोरियाबारे वार्ता गर्न राष्ट्रपति मून अमेरिका जाने
उत्तर कोरियाबारे वार्ता गर्न राष्ट्रपति मून अमेरिका जाने