विद्युत् चुहिएर किराना पसलमा आगलागी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ९, २०७६
|
|
२१ पटक हेरिएको
Shares
विद्युत् चुहिएर किराना पसलमा आगलागी

सारांश

  • विद्युत् चुहिएर गए राति झापाको दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
  • दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
  • सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन हुँदै आएको साहको किराना पसलबाट अचानक निस्किएको आगोले सँगै रहेको राज अग्रवालको मोबाइल पसलमा समेत क्षति पुगेको थियो ।

विद्युत् चुहिएर गए राति झापाको दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन हुँदै आएको साहको किराना पसलबाट अचानक निस्किएको आगोले सँगै रहेको राज अग्रवालको मोबाइल पसलमा समेत क्षति पुगेको थियो ।

आगो समयमै नियन्त्रणमा आएका कारण सोही घरमा रहेको बालकुमार राईको सगुन होटलमा भने क्षति हुन पाएन । साहको दैनिक उपभोग्य खाद्य सामग्री नष्ट हुँदा रु ३० लाख बढी मूल्यको समान नष्ट भएको थियो भने अग्रवालको मोबाइल पसलमा समेत रु १० लाख बढीको क्षति भएको प्रारिम्भक अनुमान छ ।आगो करीब २ घण्टा लगाएर दमक नगरपालिकाको दुई वटा वारुणयन्त्रको सहयोगले स्थानीय र प्रहरीको प्रयासबाट नियन्त्रणमा आएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एएफसी कपको समूह चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लबले ढाका अबहानीको सामना गर्दै
एएफसी कपको समूह चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लबले ढाका अबहानीको सामना गर्दै
सुर्तीजन्य पदार्थ विद्यालय वरपर विक्री वितरणमा निषेध
सुर्तीजन्य पदार्थ विद्यालय वरपर विक्री वितरणमा निषेध
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
आजको राशीफल
आजको राशीफल
उपमहासचिव शर्माको निर्मम् समीक्षा: ‘माओवादीमा जो-जति छन्, सबै असन्तुष्टि बोकेर बाँचेका छन्’
उपमहासचिव शर्माको निर्मम् समीक्षा: ‘माओवादीमा जो-जति छन्, सबै असन्तुष्टि बोकेर बाँचेका छन्’
आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदै
आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदै
कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया
कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
राहत सामाग्री गाडीमा राखेर घण्टौ विवाद चल्यो
राहत सामाग्री गाडीमा राखेर घण्टौ विवाद चल्यो
रवि लामिछानेलाई छ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवि लामिछानेलाई छ दिन हिरासतमा राख्न अदालतको अनुमति

तपाईंले छुटाउनुभयो कि?