अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश

सारांश

  • काठमाडौं ८,फागुन।
  • काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
  • बुधबार लिगको पहिलो क्वालिफायर खेलमा अंकतालिकामा शीर्ष अत्तरियाले दोस्रो स्थानमा रहेको काठमाडौंलाई पुनः निराश तुल्याएको हो ।

काठमाडौं ८,फागुन। काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार लिगको पहिलो क्वालिफायर खेलमा अंकतालिकामा शीर्ष अत्तरियाले दोस्रो स्थानमा रहेको काठमाडौंलाई पुनः निराश तुल्याएको हो । मंगलबारको पहिलो चरणको अन्तिम खेलमा पनि अत्तरियाले सात विकेटले हराएको थियो ।

अत्तरिया डीपीएलको तीनवर्षे इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको हो । सन् २०१८ मा चौथों बनेको यो टिम २०१७ मा छैटौंमा खुम्चिएको थियो ।

निराश काठमाडौंको उपाधि यात्रा भने सकिएको छैन । काठमाडौंले फाइनल प्रवेशका लागि रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेडको विजेतासँग खेल्नुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?