चलचित्र समिक्षकलाई यसरी दिए दीपकराज गिरीले दनक
सारांश
- दोस्रो संस्करणको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)मा बोल्दै कलाकार दीपकराज गिरीले नेपाली चलचित्रका समिक्षकलाई कटाक्ष गरेका छन् ।
- उनले नेपाली चलचित्रका केही समिक्षक चलचित्रका विषयमा आफु जति जान्ने कोही नभएको शैलीमा प्रस्तुत हुने गरेको आरोप लगाए ।
- समिक्षकहरुले फरक फरक जान्राका चलचित्रलाई पनि एउटै किशिमले समीक्षा गरेको उनको भनाई थियो ।
दोस्रो संस्करणको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)मा बोल्दै कलाकार दीपकराज गिरीले नेपाली चलचित्रका समिक्षकलाई कटाक्ष गरेका छन् । उनले नेपाली चलचित्रका केही समिक्षक चलचित्रका विषयमा आफु जति जान्ने कोही नभएको शैलीमा प्रस्तुत हुने गरेको आरोप लगाए ।
समिक्षकहरुले फरक फरक जान्राका चलचित्रलाई पनि एउटै किशिमले समीक्षा गरेको उनको भनाई थियो । रोम कम चलचित्रलाई पनि उही शैलीले र कमेडी पनि उही शैलीले समीक्षा गर्ने तर आफुलाई भयंकर नै ठान्ने केही समिक्षकहरु पनि छन् हाम्रो उद्योगमा भन्दै उनले अलग अलग जान्राका चलचित्रको समीक्षा पनि अलग किशिमले नै गर्न आग्रह गरे ।
समिक्षक भन्ने बित्तिकै आफु जत्तिको ज्ञाता कोही छैन भन्ने मानशिकता त्याग्न पनि गिरीले अनुरोध गरे । समिक्षकको समीक्षा आफ्नो लागि केही नभएको बरु गाउँघरमा जाँदा भेटिने वृद्धावृद्धाले चलचित्रको विषयमा बोलेको कुरा आफुलाई खास लाग्ने पनि उनले बताए ।
निफको दोस्रो दिन शनिबार मेरो कथा शीर्षकमा गिरिले आफ्नो संघर्षको कथा सुनाएका थिए ।
प्रतिक्रिया