चीनतर्फका दुई नाका खोल्ने निर्णय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १३, २०७६
|
|
२१ पटक हेरिएको
Shares
चीनतर्फका दुई नाका खोल्ने निर्णय

सारांश

  • काठमाडौं ।
  • सरकारले चीनतर्फका रसुवागढी र तातोपानी गरी दुईवटा सीमा नाका सञ्चालन गर्ने निर्णय गरेको छ ।
  • उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय कोरोना समन्वय समितिले बुधबार सो निर्णय गरेको हो ।

काठमाडौं । सरकारले चीनतर्फका रसुवागढी र तातोपानी गरी दुईवटा सीमा नाका सञ्चालन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय कोरोना समन्वय समितिले बुधबार सो निर्णय गरेको हो ।

चीनतर्फका नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्न सो निर्णग गरेको हो । समितिले यस सम्बन्धी आवश्यक समन्वय गर्न गृह मन्त्रालय र अर्थ मन्त्रालयललाई जिम्मा दिएको छ ।

समितिले ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने यस सम्बन्धी आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने’, समितिको निर्णयमा उल्लेख छ ।
साथै अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गर्ने भएको छ ।

त्यसैगरी औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने भएको छ । यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने, औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्ने, गृह मन्त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने, ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Big Reasons Why Net Brides Prefer to get Married Internet
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
कर्मचारी युनियन र केडिया अर्गानाईजेशनद्वारा बाढी पीडितलाई राहत
कर्मचारी युनियन र केडिया अर्गानाईजेशनद्वारा बाढी पीडितलाई राहत
जनताको सेवाका लागि हरपल सहकार्य गर्छु : नवनियुक्त मन्त्री बस्नेत
जनताको सेवाका लागि हरपल सहकार्य गर्छु : नवनियुक्त मन्त्री बस्नेत
मोदीको नेपाल भ्रमण, मुक्तिनाथमा भव्य तयारी
मोदीको नेपाल भ्रमण, मुक्तिनाथमा भव्य तयारी
बिश्ववकप फुटबल २०१८: मेस्सीले पेनाल्टी मिस गरेसंगै अर्जेन्टिना र आइसल्याण्ड बराबरी
बिश्ववकप फुटबल २०१८: मेस्सीले पेनाल्टी मिस गरेसंगै अर्जेन्टिना र आइसल्याण्ड बराबरी
देउवा सरकारद्वारा अर्बौ भ्रष्टाचारः अर्थमन्त्री डा. खतिवडा
देउवा सरकारद्वारा अर्बौ भ्रष्टाचारः अर्थमन्त्री डा. खतिवडा
आज अमेरिकी डलरको भाउ बढ्यो, अन्यको कति ?
आज अमेरिकी डलरको भाउ बढ्यो, अन्यको कति ?
‘वि एफ ७’ अरु भेरियन्टभन्दा तीन-चारगुणा बढी सङ्क्रामक
‘वि एफ ७’ अरु भेरियन्टभन्दा तीन-चारगुणा बढी सङ्क्रामक

तपाईंले छुटाउनुभयो कि?