न्यायपालिका सुधारमा छु : प्रधानन्यायाधीश जवरा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
न्यायपालिका सुधारमा छु : प्रधानन्यायाधीश जवरा

सारांश

  • काठमाडौं ।
  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले स्वतन्त्र न्यायपालिकाको सुधारमा आफू निरन्तर लागिरहेको बताएका छन् ।
  • कानुन व्यवसायी क्लव र शंकर केडिया स्मृति कानुन पुरस्कारको वितरण कार्यक्रममा स्वतन्त्र न्यायपालिकाको सुधारमा आफू लागिरहेको बताए ।

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले स्वतन्त्र न्यायपालिकाको सुधारमा आफू निरन्तर लागिरहेको बताएका छन् । कानुन व्यवसायी क्लव र शंकर केडिया स्मृति कानुन पुरस्कारको वितरण कार्यक्रममा स्वतन्त्र न्यायपालिकाको सुधारमा आफू लागिरहेको बताए ।

प्रधानन्यायाधीश जवराले सुशासनबाटै स्वतन्त्र न्यायपालिकाको रक्षा हुने र जनविश्वासमा बढ्ने उल्लेख गर्दै न्याय क्षेत्रमा स्थापित पुरस्कारले काम गर्न प्रोत्साहन मिल्ने बताए ।

शंकर केडिया कानुन सम्मान पुरस्कार पूर्व प्रधानन्यायाधीश रामकुमार साहलाई प्रदान गरेको छ । साहलाई १ लाख एक हजारको पुरस्कारसहित प्रधानन्यायाधीश जबराले सम्मान गरे ।

यसवर्षको उत्कृष्ट कानुन पुस्तक पुरस्कार वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई प्रदान गरिएको छ । ज्ञवालीलाई ७५ हजार राशिको पुरस्कार दिइएको छ । त्यसैगरी ५१ हजार राशीको कानुन युवा पुरस्कार अधिवक्ता शरद कोइरालालाई दिइएको छ ।

(https://bettysco.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?