उपभाेक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
५१ पटक हेरिएको
Shares
उपभाेक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु

सारांश

  • काठमाडौँ।
  • ऐतिहासिक रानीपोखरीे पुनःनिर्माण शुरु भएको छ ।
  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु गरिएको जानकारी दिए।
काठमाडौँ। ऐतिहासिक रानीपोखरीे पुनःनिर्माण शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु गरिएको जानकारी दिए। 
परम्परागत शैली र प्रविधि मै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनःनिर्माण हुने जानकारी दिँदै उनले भने, “रानीपोखरी पुनःनिर्माण शुरु गरिएको छ, त्यसका लागि सबैको सहयोग र साथ रहने विश्वास लिएको छु।” 
पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेकै मापदण्डअनुसार पुनःनिर्माण शुरु गरिएको बताए। 
उनले पुनःनिर्माणमा अहिले ४० कालिगढ खटिएका र आवश्यकता अनुसार तिनको सङ्ख्या बढाइने बताए। काठमाडौँ महानगरपाललिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले उक्त पोखरी पुनःनिर्माणका लागि यस वडाले सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 
पुनःनिर्माण प्राधिकरणले रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना व्यवस्थित तथा समन्वयात्मक ढङ्गले गर्न प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ। 
मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा 
रहेका पुरातात्विक संरचना पुनःनिर्माण गर्न उक्त प्राधिकरणलाई जिम्मेवारी दिएको थियो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको प्रस्ताव : प्रधामन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी ओली
एमालेको प्रस्ताव : प्रधामन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी ओली
मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन
मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह
संघीय सरकारलाई  मुख्यमन्त्री लालबाबु राउतकाे  एक महिने अल्टिमेटम !
संघीय सरकारलाई मुख्यमन्त्री लालबाबु राउतकाे एक महिने अल्टिमेटम !
खुल्ला बहसका लागि तयार हुन मोदीलाई राहुल गान्धीको आग्रह
खुल्ला बहसका लागि तयार हुन मोदीलाई राहुल गान्धीको आग्रह
कर्माछिरिङ शेर्पालाई हराउदै एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ बिजयी..
कर्माछिरिङ शेर्पालाई हराउदै एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ बिजयी..
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
युद्ध अन्त्यका लागि पुटिनका मागहरू के हुन्?
युद्ध अन्त्यका लागि पुटिनका मागहरू के हुन्?
बाढीले बगाएकि महिलालाइ यसरी बचाए वडा अध्यक्षले
बाढीले बगाएकि महिलालाइ यसरी बचाए वडा अध्यक्षले
श्रीमतीले ‘नाटक नगर जे गर्नु छ गर भनेपछि श्रिमानले यस्ताे कदम उठाए
श्रीमतीले ‘नाटक नगर जे गर्नु छ गर भनेपछि श्रिमानले यस्ताे कदम उठाए