जिम्बाब्वेका पूर्व शासक मुगाबेको बाटो नरोज्न प्रधानमन्त्री ओलीलाई मीनेन्द्र रिजालकाे चेतावनी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाैँ, २५ असार ।
  • नेपाली कांग्रेसका नेता डा.
  • मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्बाब्वेका पूर्व शासक रोबर्ट मुगाबेको बाटो नरोज्न चेतावनी दिएका छन् ।

काठमाडाैँ, २५ असार । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्बाब्वेका पूर्व शासक रोबर्ट मुगाबेको बाटो नरोज्न चेतावनी दिएका छन् ।

मुगाबेलाई जिम्बाब्वेको सर्वसत्तावादी नेताको रूपमा लिने गरिन्छ । प्रतिनिधिसभाको सोमवारको बैठकमा डा. केसीको जीवनरक्षाका लागि कांग्रेसका सांसद दिलेन्द्र बडुले पेश गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव माथिको छलफलमा रिजालले प्रधानमन्त्री ओलीमा सत्ताउन्माद बढेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

‘सरकारमा सत्ताको उन्माद देखिँदैछ, सत्ता उन्मादको बाटो रोबर्ट मुगावेको बाटो हो, प्रधानमन्त्रीज्यू यो बाटो नरोज्नुस्,’ रिजालले भने । रिजालले डा. गोविन्द केसीलाई सर्वसत्तावादी भन्ने गृहमन्त्री रामबहादुर थापाको भनाइप्रति पनि विरोध जनाए ।

‘सशस्त्र द्वन्द्वको दीक्षामा रहेका गृहमन्त्रीले डा. केसीले लिएको सत्याग्रहको बाटोलाई अधिनाकयवाद् देख्नुहुन्छ’ उनले भने । रिजालले संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई गरिएको दुव्र्यवहारको पनि विरोध गरे ।

‘प्रम तपाईंले लामो संघर्ष गरेको हो, सत्ता उन्माद ज्ञानेन्द्रको सर्वसत्तावादको बाटो हो,’ रिजालले प्रश्न गरे, ‘कुलप्रसादलाई नियन्त्रणमा लिनु लोकतन्त्रको बाटो भयो ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?