संघीय सरकारलाई मुख्यमन्त्री लालबाबु राउतकाे एक महिने अल्टिमेटम !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
संघीय सरकारलाई  मुख्यमन्त्री लालबाबु राउतकाे  एक महिने अल्टिमेटम !

सारांश

  • जनकपुरधाम, १५ असाेज ।
  • प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले  संघीय सरकारले एक महिनाभित्र कर्मचारी नपठाए आफै भर्ना गर्ने चेतावनी दिएका छन् ।
  • संघीय सरकारका कारण प्रदेश सरकारले गर्ने विकास निर्माण प्रभावित भएको भन्दै उनले एक महिनाभित्र कर्मचारी नपठाए नियम पुर्‍याएर प्रदेश कर्मचारी भर्ना गर्ने बताएका हुन् ।

जनकपुरधाम, १५ असाेज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले  संघीय सरकारले एक महिनाभित्र कर्मचारी नपठाए आफै भर्ना गर्ने चेतावनी दिएका छन् । संघीय सरकारका कारण प्रदेश सरकारले गर्ने विकास निर्माण प्रभावित भएको भन्दै उनले एक महिनाभित्र कर्मचारी नपठाए नियम पुर्‍याएर प्रदेश कर्मचारी भर्ना गर्ने बताएका हुन् । संघीय सरकारको अवरोध कायम रहे पनि कर्मचारी अभावमा प्रदेश सरकारको काम काज अवरुद्ध अब नहुने बताउँदै उनले भने ‘प्रदेश सरकार करार कर्मचारी ऐन सदनमा लगिसकिएको छ । संघीय सरकारले एक महिनाभित्र आवश्यक कर्मचारी नपठाए आफै कर्मचारी भर्ना गर्छौं ।’

सोमबार जलस्रोत तथा सिचाई डिभिजन कार्यालय जनकपुरको उद्घाटनमा उनले भने ‘यो कार्यालय ६ महिना पहिले उद्घाटन गर्नुपर्ने थियो, तर संघीय सरकारले समयमा कर्मचारी नै नपठाएका कारण ढिलो भयो । प्रदेश सरकारलाई काम गर्नै समस्या भयो ।’ मुख्यमन्त्री राउतले संघीय सरकारले प्रदेश सरकारलाई असफल बनाउनकै लागि कर्मचारी पठाउने लगायतको विषयमा असहयोग गरि रहेको आरोप पनि लगाए । प्रदेश २ का विषयमा उल्टो र भए नभएको कुरा लगाएर कर्मचारी नआएको पनि उनले बताए । मुख्यमन्त्री राउतले उद्योग, वन, पर्यटन  मन्त्रालयमा ९ सय ९२ कर्मचारी चाहिएको भए पनि हाल १३ जनामात्रै रहेको भन्दै कसरी प्रदेशको विकास हुन्छ भनी प्रश्न गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?