इथियोपियन एयरलाइन्स दुर्घटनामा ज्यान गुमाउने नेपाली

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
३० पटक हेरिएको
Shares
इथियोपियन एयरलाइन्स दुर्घटनामा ज्यान गुमाउने नेपाली

सारांश

  • केन्यामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ।
  • आइतबार भएको इथियोपियन एअरलाइन्स दुर्घटनामा गोरखाकी एकता अधिकारीको मृत्यु भएको हो।
  • इजिप्टका लागि नेपाली राजदूत छविन्द्र अर्यालले दुर्घटनामा विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०, इथियोपियामा कार्यरत नेपाली नागरिक एकता अधिकारी परेको जानकारी राति अबेर परराष्ट्र मन्त्रालयमा जानकारी गराएको पराराष्ट्रका एक अधिकारीले अन्नपूर्णलाई जानकारी दिए।

केन्यामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ। आइतबार भएको इथियोपियन एअरलाइन्स दुर्घटनामा गोरखाकी एकता अधिकारीको मृत्यु भएको हो।

इजिप्टका लागि नेपाली राजदूत छविन्द्र अर्यालले दुर्घटनामा विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०, इथियोपियामा कार्यरत नेपाली नागरिक एकता अधिकारी परेको जानकारी राति अबेर परराष्ट्र मन्त्रालयमा जानकारी गराएको पराराष्ट्रका एक अधिकारीले अन्नपूर्णलाई जानकारी दिए।

यसबारे विस्तृत बुझ्ने काम भइरहेको ती अधिकारीले बताए। एब्लुएफपी इथियोपियाका कन्ट्री डाइरेक्टर स्टेभेन वेर ओमामोले अर्याललाई आफ्ना कर्मचारी एकता अधिकारी दुर्घटनामा परेको र त्यसबारे उनका परिवारका सदस्यलाई पनि जानकारी गराइसकेको बताएको ती अधिकारीले उल्लेख गरे।

विमान दुर्घटनाबारे ट्‍विट गर्दै इथियोपियन एअरलाइन्सले दुर्घटनामा ३२ देशका नागरिकले ज्यान गुमाएका उल्लेख गर्दै त्यसमा एक नेपाली नागरिक पनि परेको जनाएको थियो।

केन्याको नैरोबीका लागि उडेको उक्त जहाज इथियोपियाको बिसोफ्टुमा दुर्घटनामा परेको हो।

इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन
राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन
मोदी-ओलीले उद्घाटन गरेको जनकपुर‌-अयोध्या बस सेवा किन बन्द भयो ?
मोदी-ओलीले उद्घाटन गरेको जनकपुर‌-अयोध्या बस सेवा किन बन्द भयो ?
सम्पत्ति बेच्दै चीनका कुनै बेलाका सर्वाधिक धनी व्यक्ति, यस्तो रहेछ कारण
सम्पत्ति बेच्दै चीनका कुनै बेलाका सर्वाधिक धनी व्यक्ति, यस्तो रहेछ कारण
आलमको मुद्दा अन्तिम सुनुवाइ पेसी आज
आलमको मुद्दा अन्तिम सुनुवाइ पेसी आज
भारतीय प्रधानमन्त्री मोदीकी पत्नी दुर्घटनामा घाइते
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
कांग्रेसमा भागवण्डा नमिलेपछि रोकियो मन्त्रिपरिषद् विस्तार…
कांग्रेसमा भागवण्डा नमिलेपछि रोकियो मन्त्रिपरिषद् विस्तार…
अपडेट: काठमाडौ क्षेत्र नं.१ मा प्रकाशमानसिंह अगाडि, मिश्रले पछ्याउँदै
अपडेट: काठमाडौ क्षेत्र नं.१ मा प्रकाशमानसिंह अगाडि, मिश्रले पछ्याउँदै
अघोषित ‘लक डाउन’, आजै प्रधानमन्त्रीको विशेष सम्बोधन
अघोषित ‘लक डाउन’, आजै प्रधानमन्त्रीको विशेष सम्बोधन
दोलखामा अवैध बिटक्वाइन बन्ने गरेको खुलासा ,सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग !
दोलखामा अवैध बिटक्वाइन बन्ने गरेको खुलासा ,सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग !

तपाईंले छुटाउनुभयो कि?