दुर्घटना न्युनिकरणका लागि १५ दिने महाअभियान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२१ पटक हेरिएको
Shares
दुर्घटना न्युनिकरणका लागि १५ दिने महाअभियान

सारांश

  • गाईघाट १,चैत ।
  • सडक दुर्घटना न्यूनिकरणका लागि १५ दिने महाअभियान उदयपुरमा शुक्रबारबाट सुरु भएको छ ।
  • जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा आयोजित महाअभियानको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गरे ।

गाईघाट १,चैत । सडक दुर्घटना न्यूनिकरणका लागि १५ दिने महाअभियान उदयपुरमा शुक्रबारबाट सुरु भएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा आयोजित महाअभियानको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गरे ।

सदरमुकाम गाईघाटमा प्रभातफेरी आयोजनापछि त्रिनपा १२ स्थित त्रियुगा बसपार्कमा औपचारिक कार्यक्रम आयोजना गरी अभियान सुरु भएको हो । सवारी साधन र परिचालकहरुलाई आफ्नो पेशा प्रति उत्तरदायी बनाई सडक सुशासन कायम गर्न अभियानको थालनी गरिएको कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीे बताए ।

कार्यक्रममा चालक र सहचालकको पहिचानका लागि तयार पारिएको पोशाक समेत वितरण गरिएको थियो । झापाको विर्तामोडमा बिहीबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र  खनालबाट सुरुवात भएको महाअभियान १५ औँ दिनका दिन सुनसरीको धरानमा सम्पन्न हुने छ ।

यसअवधिमा सडक दुर्घटना र यसबाट निम्तिन सक्ने खतरा, न्युनिकरणका उपाय, अनिवार्य पोसाक कार्यान्वय, जनचेतनामुलक कार्यक्रमहरु हुने जिल्ला प्रहरी कार्यालयका प्रुमख एसपी चन्द्रदेव राईले बताए ।

सार्वजनिक सवारी साधनका चालक तथा परिचालकहरुलाई मर्यादित, पहिचानयुक्त तथा आफ्नो पेसा प्रति सदैव उत्तरदायी एवं जवाफदेही बनाइ सडक सुशासन कायम गर्न पोसाक कार्यान्वयन तथा सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यकासाथ प्रदेशनं १ का १४ जिल्लामा महाअभियान सुरु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?