आइपिएल: कोलकाताले चेन्नईलाई हरायो

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १३, २०७८
|
|
३८ पटक हेरिएको
Shares
आइपिएल: कोलकाताले चेन्नईलाई हरायो

सारांश

  • काठमाडौं।
  • इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा शनिबार कोलकाता नाइड राइर्डर (केकेआर) ले चेन्नई सुपर किंङ्स (सिएसके) लाई ६ विकेटले पराजित गरेको छ।
  • वान्खडे क्रिकेट रंगशालामा सिएसकेले दिएको एक १३२ रनको लक्ष्य केकेआरले १८ ओभर ३ बलमा चार विकेट गुमाएर भेट्टायो।

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा शनिबार कोलकाता नाइड राइर्डर (केकेआर) ले चेन्नई सुपर किंङ्स (सिएसके) लाई ६ विकेटले पराजित गरेको छ। वान्खडे क्रिकेट रंगशालामा सिएसकेले दिएको एक १३२ रनको लक्ष्य केकेआरले १८ ओभर ३ बलमा चार विकेट गुमाएर भेट्टायो।
केकेआरको जितमा ओपनर अजिक्या राहानेले सर्वाधिक ४४ रन बनाए। उनले ३४ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै, साम बिलिङले २५, नितिश राणाले २१ र कप्तान श्रेयस ऐयरले २० रन जोडे।
सिएकेका ड्वेन ब्राभोले तीन विकेट लिए। यसबाहेक, मिचेल स्यान्टनरले एक विकेट हात पारे। यसअघि टस हारेर ब्याटिङमा आएको सिएसकेले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो।
चेन्नईको ब्याटिङमा महेन्द्रसिंह धोनीले सर्वाधिक ५० रन बनाएका थिए। उनले ३८ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । यसबाहेक, रोविन उत्थपाले २८, कप्तान रविन्द्र जडेजाले २६ र अम्बती रायडुले १५ रन जोडेका थिए।
केकेआरका उमेश यादवले दुई विकेट लिएका थिए । यस्तै, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक विकेट लिएका थिए।[image: csk_vs_kkr_a2GLNZ8ARr-scaled.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?