नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १२, २०७६
|
|
४४ पटक हेरिएको
Shares
नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

सारांश

  • सुर्खेत।
  • कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
  • मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज पे्रस विज्ञप्ति जारी गर्दै उक्त नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका हुन्।

सुर्खेत। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज पे्रस विज्ञप्ति जारी गर्दै उक्त नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका हुन्। स्वकीय सचिव सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय मुख्यमन्त्रीज्यूको चरित्रहत्या गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिगर्ने उद्देश्यका साथ नक्कली आइडीबाट विभिन्न व्यक्ति तथा निकायमा च्याट सम्पर्कमार्फत अवाञ्छित निर्देशन तथा माग गर्ने गरिएको पाइएको छ, यस्तो क्रियाकलापको भ्रममा नपर्न सरकारी तथा गैरसरकारी निकाय, शुभचिन्तक तथा आम जनसमुदायसँग अनुरोध गर्दछौँ।’’

स्वकीय सचिवालयले नक्कली फेसबुक आइडी प्रयोग गर्ने व्यक्ति पहिचान गरी कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा जानकारी गराइसकिएकोे जनाएको छ। मुख्यमन्त्रीको व्यक्तिगत फेसबुक अकाउन्टको लिङ्क महेन्द्र डट शाही डट १६५ रहेकाले यसबाहेक उनको नाम जोडेर चलाइएका अन्य आइडीको विश्वास नगर्न आग्रह गरिएको छ। रासस

(https://elitetrainingcenter.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा कोइराला भन्छन् : आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ
डा कोइराला भन्छन् : आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ
अब बाइक छोडनुस गाडी चढ्नुस !!!
अब बाइक छोडनुस गाडी चढ्नुस !!!
चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता
चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता
सुरक्षाको ग्यारेन्टी नभएको भन्दै हेल्मेट लगाएर चिकित्सक उपचारमा !
सुरक्षाको ग्यारेन्टी नभएको भन्दै हेल्मेट लगाएर चिकित्सक उपचारमा !
इलामका दुवै क्षेत्रमा एमालेको अग्रता फराकिलो हुँदै
इलामका दुवै क्षेत्रमा एमालेको अग्रता फराकिलो हुँदै
सरकारका कारण हामी मनोवैज्ञानिक रुपमा हारेको अवस्थामा छौं : पूर्व गभर्नर क्षेत्री
सरकारका कारण हामी मनोवैज्ञानिक रुपमा हारेको अवस्थामा छौं : पूर्व गभर्नर क्षेत्री
इन्टरनेटले मूल्य घटाउनुको साटो बढाएकोमा सरकार हस्तक्षेप गर्ने योजनामा-मन्त्री बास्कोटा
गण्डक-नारायणी जलमार्गको सम्भावना : अध्यक्ष प्रचण्ड
सर्लाहीको लालबन्दीमा एमाले अगाडि
सर्लाहीको लालबन्दीमा एमाले अगाडि
सरकारले प्रतिबन्ध लगाएको इराकमा कसरी पुगे २० हजार नेपाली ?
सरकारले प्रतिबन्ध लगाएको इराकमा कसरी पुगे २० हजार नेपाली ?