लागुऔषध सहित दुई जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२५ पटक हेरिएको
Shares
लागुऔषध सहित दुई जना पक्राउ

सारांश

  • गाईघाट १,चैत।
  • उदयपुरको दमौटीबाट लागुऔषध सहित शुक्रवार दुई जना पक्राउ परेका छन् ।
  • त्रियुगा नगरपालीका,५ दमौटि चौकीबाट चेकजाँचमा खटीएका प्रहरी टोलीले चेक जाच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित त्रिनपा ३ का सरोज घिमिरे र  देवराज तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गाईघाट १,चैत। उदयपुरको दमौटीबाट लागुऔषध सहित शुक्रवार दुई जना पक्राउ परेका छन् । त्रियुगा नगरपालीका,५ दमौटि चौकीबाट चेकजाँचमा खटीएका प्रहरी टोलीले चेक जाच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित त्रिनपा ३ का सरोज घिमिरे र  देवराज तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेको साथवाट डाईजेपाम २० एम्पुल,लुफिन २० एम्पुल, फेनार्गन २० एम्पुल र सिरिन्ज १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनिहरुले प्रयोग गरेको स २ प ६९३९ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको  र पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?