नेपालको एक यस्तो तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरे

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १८, २०७९
|
|
३७ पटक हेरिएको
Shares
नेपालको एक यस्तो तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरे

सारांश

  • पाटन ।
  • ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो ।
  • यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् ।

पाटन । ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् ।

विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव । प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्यभागमा कोन्ज्योसोम गाउँपालिका दक्षिणपूर्वी भेगमा महाङ्काल र दक्षिण–पश्चिम भेगमा वाग्मती गाउँपालिका पर्दछ । महाङ्काल गाउँपालिका–२ गोटीखेलको अग्लो पहाडको टुप्पोमा अवस्थित छ कालेश्वर महादेव । कालेश्वर महादेव ललितपुर जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य हो, एक महत्त्वपूर्ण तीर्थस्थल हो, जहाँ कालले पनि तपस्या गरेको थियो भन्ने किम्बदन्ती छ ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार सतिदेवीको मृत्युपछि महादेवले उनको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा हालको कालेश्वरमा आई कण्ठ पतन भएको थियो । प्राचीनकालमा त्यस ठाउँमा काल पुरूषले महादेवको दर्शनका लागि शिला स्थापना गरेर कठोर तपस्या गर्दा गोटीखेलको घडघडा नदी र मसानखोलाको सङ्गमस्थलमा रहेको वैतरणी नदीको जल र सिसवनमा रहेको अलौकिक चुनढुङ्गाको चन्दन घोटी लगेर यस पहाडको टुप्पोमा चढाउने गर्दथ्यो ।

तपस्या थालेको धेरै वर्षपछि पौष शुक्ल नवमीको मध्यरातमा महादेव प्रकट भई कालपुरुषको तपस्याबाट प्रभावित भएर तिमीले स्थापना गरेको शिवलिङ्ग तिम्रै नाममा प्रख्यात हुनेछ भनी वरदान दिएको र उसैको नामबाट स्थापित भएकोले कालेश्वर महादेव भनिएको भन्ने भनाइ छ ।

कालेश्वर महादेवलाई ललितपुरको प्याङ्गाउँवासी आफ्ना आराध्यदेवका रूपमा लिएर कुलदेवताका रूपमा पुज्ने गर्दछन् । समुद्र सतहबाट करिब दुई हजार नौ सय मिटरको उचाइमा रहेको यस मन्दिरमा हरेक चैत पूर्णिमाका दिन मेला लाग्ने गर्दछ । यस दिन प्याङगाउँलगायत ललितपुर, काभ्रे तथा मकवानपुर जिल्लाका हजारौँ भक्तजन दर्शनका लागि उपस्थित हुने गर्दछन् ।

प्याङगाउँमा रहेको आंगःछे (देवस्थल) मा हरेक महिनाको औँसी र चतुर्थीको दिनको दुई पटक पूजा हुन्छ, जुन कालेश्वर महादेवकै आंगःछे हो । यसलाई कालेश्वर महादेवकै प्रतिमूर्तिको रूपमा ल्याएर प्रतिस्थापन गरिएको हो । तर यहाँभित्र जोसुकै जान मिल्दैन, यसका निश्चित नीतिनियम छन् । आंगःछे भित्र मूल पूजारी, गुठियार तथा नाइकेहरू मात्र जान पाउँछन् ।

प्याङ्गाउँका नेवार पहिले ललितपुरको शङ्खु ९हाल कोञ्ज्योसोम गाउँपालिका–२० मा बसोबास गर्थे । पौराणिककालमा प्याङ्गाउँलाई शङ्गु भनिन्थ्यो । हाल प्याङ्गाउँमा रहेको पाटी (फल्चा)मा अरिमल्लको पालाको शिलापत्र भेट्न सकिन्छ । गाउँमा बसी आएकालाई नेवारहरूले गामों भन्दछन् । प्याङ्गाउँवासीलाई पनि चापागाउँ बजार, ठेचो, पाटनलगायतकाले पहिले पहिले गामों वा गामल भन्थे । पछि २०२१ सालतिरदेखि उनीहरूलाई गामोंको सट्टा ज्यापू वा महर्जन भन्न थालियो ।

पौराणिक इतिहासअनुसार भक्तपुरमा बसोबास गर्ने मल्लराजाका सन्तान व्यापार वा सिकारको सिलसिलामा ललितपुरको शङ्खुमा गई बसोबास गर्दै गर्दा त्यहीँकी एक युवतीसँग प्रेम बस्न गई शारीरिक सम्बन्ध रहन गयो र सन्तान उत्पत्ति भए । राजाका रखौटी श्रीमतीपट्टिका सन्तान भएकाले दरबारमा नस्वीकारिएपछि यस ठाउँमा बसेर संसारमा कतै नभएको अनौठो प्याङ (बाँस)को पाथी बनाएर बेचबिखन गरी खान लालमोहर लगाएर आदेश भएअनुसार यहाँ यो बस्ती बसेको र प्याङपाथी बनाउने चलन चलेको जनविश्वास रहिआएको छ ।

शङ्खुमै रहँदाबस्दा एक दिन घुम्दै गिम्दीमा रहेको देउता खोला पुग्दा एकजना गामलले लहराबाट दूध जस्तै सेतो पदार्थ तपतप चुहिरहेको देखे । त्यसलाई पच्छ्याउँदै माथि माथिसम्म आउँदा कालेश्वर महादेवको शिवलिङ्ग भेट्टाएको ऐतिहासिक कथा पनि छ । कालेश्वरको टुप्पोबाट नै बग्दै गएको खोलालाई देउता खोला भनिन्छ । यसै बेलादेखि नै यस स्थानमा अवस्थित महादेवलाई शक्तिको रूपमा पूजा गर्न थालिएको बताइन्छ ।

“कालेश्वरको शिवलिङ्ग धेरै पछिसम्म पनि खुल्ला रूपमा रहेको थियो । यातायातको असुविधा, निकै ठूलो उचाइमा रहेको र बस्ती पनि नरहेको यस स्थानमा विकासका पूर्वाधार पु¥याउने र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने सम्भाव्यताको बारेमा सरकारी निकायलगायत सम्बन्धित कसैले पनि सोच्न सकेका थिएनन्”, कालेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष चर सुन्दर महर्जन भन्छन्,“आफ्नो कुलदेवता खुल्ला रहेको र संरक्षण नभएको पाएपछि २०५२ सालतिर प्याङगाउँका एक दुई जनाले गएर मूर्तिलाई बीचमा पर्ने गरी चारैतिर ढुङ्गाको गाह्रो लगाए । दुई ढोका र झ्याल राखे । पाँच÷छ घण्टा टाढा तल रहेको वाग्मतीबाट बालुवा र पानी बोकाएर माथि ढलान गरे ।”

महर्जनका अनुसार विसं २०७१ मा उक्त मन्दिरको भवन भत्कियो । प्याङगाउँवासी हेर्न आउँदा बिजोग लाग्दो स्थिति देखियो । उतिबेला गोटीखेल गाविस थियो, गाविसले पनि प्याङगाउँवासीको देउता भनेर बेवास्ता गरिराखेको अवस्था थियो । अहिले पनि गोटीखेलवासीलगायत स्थानीय जनप्रतिनिधिले यो प्याङगाउँवासीको हो भनेर हेला गर्ने गरेको अध्यक्ष महर्जन बताउँछन् ।

विकासका पूर्वाधार पु¥याउन सके स्थानीय तहलाई नै पर्यटन व्यवसायमार्फत फाइदा पुग्नसक्छ, तर यहाँको पर्यटकीय सम्भावनाको बारेमा स्थानीय सरकारलाई समेत ज्ञात छैन । अहिले सिसवनमाथि देउराली भन्ज्याङसम्म सडक त पुगेको छ, तर थप पर्यटकीय पूर्वाधार पु¥याउन सम्बन्धित निकायको ध्यान पुग्ननसकेको स्थानीयवासी बताउँछन् ।

आफ्ना कुलदेउताको संरक्षण र मन्दिरको पुनःनिर्माणमा कसैको चासो पुग्न नसकेपछि प्याङगाउँमा सम्बन्धित गुठियार र सरोकारवालाको भेला राखियो । भेलाबाट साधारण तरिकाले भए पनि मन्दिर निर्माण गर्ने सल्लाहबमोजिम कम्तीमा पनि रु आठ÷नौ लाख पर्ने इस्टिमेट निस्कियो । प्रत्येक घरधुरीबाट एक÷एक हजार अनिवार्य उठाउने निर्णय गरियो । सामग्री मन्दिरसम्म पु¥याउनका लागि पालैपालो सबै बोकेर जाने निर्णय भयो ।

कालेश्वरको देब्रेपट्टि अग्लोडाँडा छ जसलाई बुर्जाडाँडा भनिन्छ । त्यहाँ ग्रीष्म ऋतुमा पनि चिसो हुने र तुवाँलो लाग्ने गर्दछ । जहिले पनि आफूभन्दामाथि बस्ने गुनासो गरेपछि उक्त डाँडो महादेवले आफू बस्ने कालेश्वरडाँडा भन्दा अग्लो हुने गरी पार्वतीका लागि बनाइदिएको भन्ने कथन छ ।

त्यहाँबाट हिमालको दर्शनका साथै अनेकौँ हरिया थुम्का देखिन्छन् । कालेश्वर जाने बाटोमा पर्ने सिसवन भीरमा ठूलो चट्टान सानो चट्टानमा अडिएको देख्न सकिन्छ । काल पुरुषले यही चट्टानमा चन्दन घोटेर कालेश्वर महादेवमा चढाउने गरेको धार्मिक विश्वास रही आएको छ । सोही चुनढुङ्गालाई स्थानीय तामाङ समुदायले चुनदेवीको रूपमा पुज्ने गर्छन् । देख्दै अचम्म लाग्ने उक्त बडेमानको ढुङ्गा २०७२ को गोर्खा भुइँचालो जाँदा पनि कसरी अडिएको होला भन्ने उत्सुकता जो कोहीलाई लाग्ने गर्दछ ।

कालेश्वर मन्दिरको फेद देउरालीसम्म गाडी पुग्छ । गाडीबाट ओर्लेर थुम्को माथि रहेको मन्दिर पुग्न झन्डै २० मिनेट उकालो छ । गोटीखेलबाट कालेश्वर मन्दिर जाने बाटोमा रहेको सिसवन ‘होमस्टे’ मा बास बसेर बिहानै मन्दिरमा पूजा गर्न जान सकिन्छ । लगनखेलबाट गोटीखेल करीब ५० किमीको दूरीमा रहेको छ ।

लगनखेलबाट ललितपुरको प्याङगाउँ बसपार्क हुँदै लेले, नल्लु, भारदेउ, सिमभञ्ज्याङ (चौघरे), कतवन भएर गोटीखेल जाने बस छुट्छन् । वैकल्पिक मार्गका रूपमा बनेपा पनौतीबाट खोपासी ढुङ्खर्क हुँदै कालेश्वरको फेदीबाट चन्दनपुर, गोटीखेल जान सकिन्छ । गोटीखेलबाट कालेश्वरसम्म सार्वजनिक सवारीसाधन चल्दैनन् । कालेश्वर पुग्न गोटीखेलबाट करिब चार घण्टा ठाडो उकालो चढ्नुपर्छ भने ओर्लन करिब दुई घन्टा समय लाग्छ ।

कालेश्वरको टुप्पोबाट तराईलगायत काभ्रे, मकवानपुरका अधिकांश क्षेत्रका साथै गणेश र लाङ्टाङ हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ । ऐतिहासिक धार्मिक महत्त्व बोकेको कालेश्वर पछिल्लो समय एक उत्कृष्ट र सम्भावनायुक्त पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गइरहेको छ ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्डरग्राउन्ड पार्किङमा पसल ! सडकमा पार्किङ
अन्डरग्राउन्ड पार्किङमा पसल ! सडकमा पार्किङ
अन्तर्राष्ट्रिय नारी दिवसमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, सामतेन मेमोरियल प्रथम
अन्तर्राष्ट्रिय नारी दिवसमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, सामतेन मेमोरियल प्रथम
अनायासै आक्रमण गर्दा भएको दोहोरो भिडन्तले अर्घाखाँचीको नरपानी तनावग्रस्त
अनायासै आक्रमण गर्दा भएको दोहोरो भिडन्तले अर्घाखाँचीको नरपानी तनावग्रस्त
अर्थमन्त्री महतले भने :   राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा हाे
अर्थमन्त्री महतले भने : राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा हाे
Marketplace leaders are aware of developments, new approaches and administration tools. And today, many leading companies, such as Toyota, Verifone, HP, LG, Raiffeisen Traditional bank, Goldman Sachs, use digital data rooms. What is this tool and as to why do famed brands trust it? Virtual Data Rooms: A brand new Security Normal Online data rooms were produced by practicing businessmen as well as the best coders so that the system can fix current concerns. And probably the most important is definitely the security of economic and confidential data. The woking platform was created according to international secureness protocols for web development. Which means using the latest and quite a few reliable solutions in the industry and process health and safety. All data is stored on computers that instantly back up in real time. And since the equipment can work also in intense situations, you will always have use of your documents. In addition , you may and securely work with her. Set get parameters, further restrictions and send the file to a colleague or partner. After he verifies his name in several periods, he will manage to work with docs in the method set just for him. And you may always identify the details within the work in an exclusive journal, where all the activities with each of your files are captured. This is not only a good way to control, but also an important element of analytics. You are going to better be familiar with readiness of clients with respect to transactions and more accurately select strategies for further more work. Now let’s speak about other program features. All required functions Data rooms is a very multipurpose tool that allows you to perform daily work more quickly (documents, messages, etc . ), organize group work proficiently and converse better. You can work with data and mailings much faster, since accept every formats, allow you to instantly convert them, locate the necessary paragraphs and produce group adjustments. In addition , the tool is perfect for organizing the job of your workforce. Share has access to, define tasks and responsibilities, and keep an eye on progress anywhere you happen to be. You will not only have the ability to conveniently work together with your workforce in group mode, but also receive statistics relating to the productivity of most employees upon completion of the project. This will be significant for enhancing further function. Thanks to the virtual data rooms you can also communicate more quickly with customers, partners, and traders. Meet on the web and work with no limits. System allows you to determine transactions of most types of complexity, quickly conduct audits and examinations, as well as entice specialists. Customer Focused Service Virtual info rooms are convenient functions and successful work, although also top quality service. Firstly, you can get in touch with technical support when. She performs without destroys, weekends and holidays. You cannot only obtain answers to questions, although also buy additional products and services if your organization needs them. Secondly, you may use ideals for free for that whole month. Just switch on the mode and get a new encounter. We know the way important you should better learn about the development and feel their advantages, rather than just read about these people.
सिके राउत कुर्लिए महन्थ ‘उपेन्द्र र लालबाबु भ्रष्ट नेता हुन्’
सिके राउत कुर्लिए महन्थ ‘उपेन्द्र र लालबाबु भ्रष्ट नेता हुन्’
कात्तिक ६ गते बुधबारको राशिफल यस्तो छ
प्रितम र आयूष ‘सारेगमप’को सेमिफाइनलमा
प्रितम र आयूष ‘सारेगमप’को सेमिफाइनलमा
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
चुनावी हारमा एमालेको समीक्षाः बामपन्थीसँग मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव
चुनावी हारमा एमालेको समीक्षाः बामपन्थीसँग मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव