काठमाण्डौमा बर्ड फ्लू, नियन्त्रणको प्रयास

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
काठमाण्डौमा बर्ड फ्लू, नियन्त्रणको प्रयास

सारांश

  • काठमाण्डौ – तारकेश्वर र टोखा नगरपालिकामा देखिएको बर्ड फ्लू नियन्त्रण गर्ने प्रयास भइरहेको पशुसेवा विभागले जनाएको छ ।
  • बर्ड फ्लू संक्रमित कुखुरा नष्ट गरिएकोे र वरपरका ठाउँमा पनि संक्रमणको जोखिम भए नभएकोबारे अनुगमन गर्ने तयारी भइरहेको विभागका उप–महानिर्देशक डाक्टर सम्झना काफ्लेले जानकारी दिनुभयो ।
  • काठमाण्डौका थप केही ठाउँमा पनि बर्ड फ्लू को संक्रमण हुन सक्ने शंका रहेकाले परीक्षण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

काठमाण्डौ – तारकेश्वर र टोखा नगरपालिकामा देखिएको बर्ड फ्लू नियन्त्रण गर्ने प्रयास भइरहेको पशुसेवा विभागले जनाएको छ । बर्ड फ्लू संक्रमित कुखुरा नष्ट गरिएकोे र वरपरका ठाउँमा पनि संक्रमणको जोखिम भए नभएकोबारे अनुगमन गर्ने तयारी भइरहेको विभागका उप–महानिर्देशक डाक्टर सम्झना काफ्लेले जानकारी दिनुभयो ।

काठमाण्डौका थप केही ठाउँमा पनि बर्ड फ्लू को संक्रमण हुन सक्ने शंका रहेकाले परीक्षण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । बर्ड फ्लू प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइरहेको छ।

अबको ४० दिन यी ठाउँमा कुखरा पाल्न रोक लगाइएको छ । ४० दिनपछि फेरि विज्ञको टोलीले अनुगमन गरेपछि मात्र कुखुरा पाल्न पाउने नपाउने निर्णय गर्ने डा. काफ्लेले बताउनुभयो ।

काठमाण्डौको तारकेश्वर र टोखामा रहेका दुईवटा कुखुरा पोल्ट्रीफार्ममा बर्ड फ्लू भएको पुष्टि भएपछि २८ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?