कर्णालीकी छोरी कमला र भुवन केसीका छोरा अनमोलको हुने भो भिडन्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
४० पटक हेरिएको
Shares
कर्णालीकी छोरी कमला र भुवन केसीका छोरा अनमोलको हुने भो भिडन्त

सारांश

  • काठमाडौं, २० साउन ।
  • चर्चित नायिका एवम् सामाजिक अभियानमा सक्रिय रेखा थापाले निर्माण गरेको चलचित्र “मालिका” र नायक भुवन केसीका छोरा युवा स्टार अनमोल केसीले अभिनय गरेको चलचित्र “क्याप्टेन”बीच भिडन्त हुने सम्भावना बढेर गएको छ ।
  • एकातिर नायक भुवन केसी र नायिका रेखाबीच पानी बाराबारको अवस्था छ भन्ने हल्ला चल्नु र अर्कोतिर यी दुईतिरका दुई फिल्मको प्रदर्शन समय एउटै पर्ने सम्भावनाले सिनेनगरीमा चर्चाको विषय बनेको छ ।

काठमाडौं, २० साउन । चर्चित नायिका एवम् सामाजिक अभियानमा सक्रिय रेखा थापाले निर्माण गरेको चलचित्र “मालिका” र नायक भुवन केसीका छोरा युवा स्टार अनमोल केसीले अभिनय गरेको चलचित्र “क्याप्टेन”बीच भिडन्त हुने सम्भावना बढेर गएको छ । एकातिर नायक भुवन केसी र नायिका रेखाबीच पानी बाराबारको अवस्था छ भन्ने हल्ला चल्नु र अर्कोतिर यी दुईतिरका दुई फिल्मको प्रदर्शन समय एउटै पर्ने सम्भावनाले सिनेनगरीमा चर्चाको विषय बनेको छ ।

चलचित्र “मालिका” विशुद्ध सामाजिक चलचित्र हो । मालिकाकी निर्देशक समेत रहेकी नायिका रेखा थापाले मालिकाले नेपाली समाजमा छोरीहरुमाथि भएका अन्याय, बेथितिहरुलाई उजागर गरेको छ र त्यसको समाधानको ऐना देखाएको छ । यो चलचित्रको अर्को पाटो के छ भने यसमा कर्णालीकी छोरी कमला वलीले डेब्यू गरेकी छन् । कहिल्यै गाडी नदेखेकी, टेलिभिजन नहेरेकी र बालविवाहको चर्को विकृति रहेको कर्णालीबाट बिल्कुल गाउँकी छोरीलाई लिएर रेखाले कमलाई डेब्यू गराएकी छन् । चलचित्र प्रदर्शनको समय जुधेमा एकातिर गाउँकी छोरी र अर्कातिर स्टार भुवन केसीका छोरा युवास्टार अनमोल केसीबीचको भिडन्त हेर्नलायक हुनेछ ।

महिलाले वास्तविक जीवन जिउन नपाएरै चोला बदल्न विवश हुने र महिलालाई महिला बन्नकै लागि दिइने तालिमहरु बन्द गर्नुपर्छ भन्ने उद्घोष तथा राष्ट्र र राष्ट्रियताप्रति ओतप्रोत भएको चलचित्र हो, मालिका । महिलाको सम्मान र भूमिका लगायतका विषयवस्तु मालिकाले समेटेको छ भने यता “क्याप्टेन”को विषयवस्तु भने सार्वजनिक भएको छैन ।

चलचित्र जगतमा चलचित्र व्यापार हो वा कला ? समाज रुपान्तरणको सन्देशसहितको कला हो वा सस्तो मनोरञ्जन ? चलचित्र तडकभडक र रमझम मात्रै हो कि समाज रुपान्तरणको सशक्त हतियार ? चलचित्र ज्ञान बृद्धिको माध्यम हो कि फगत मनोरञ्जन ? भन्ने प्रश्नहरु उब्जिएका छन् । यही प्रश्नमाझ यी दुई चलचित्रको भिडन्त हुने देखिएको छ । युट्युबको भ्युजलाई आधार मानेर वाहवाही मच्चाउने र वास्तविक नेपाली जनजीवनको चित्रण र रुपान्तरणको बाटो कोर्ने चलचित्रबीच भेद कोर्नैपर्ने देखिएको छ ।

नेपाली चलचित्र इतिहासमा रेखा थापा आफ्नै बलबुतामा करीव डेढ दशकभन्दा लामो समयदेखि एकछत्र राज गर्दै आएकी नायिका हुन् । नेपाली चलचित्रमा नारी पात्रको हिरोइज्म भित्राउने उनै रेखा थापा हुन् । यति लामो समयसम्म चलचित्र क्षेत्रमा जमिरहने र धुरीमै रहने महानायिका नै हुन् रेखा । उनले चलचित्रमा उठाएका विषयबस्तु र उनको राजनीतिक, समाजिक सम्बन्ध र चेतका कारण पनि उनी अरु भन्दा भिन्न छिन् ।

“साथी म तिम्रो”, “दुनियाँ” लगायतका फिल्ममा सँगै काम गरेका नायक भुवन केसी र नायिका रेखा थापाबीच मनमुटावको विषय पनि त्यति ठूलो भने होइन । रेखाले “कलाकारहरुलाई आफ्नै बलबुतामा उभिन दिनुपर्छ र कलाकारितामा जम्न दिनुपर्ने आशयसहित एक–दुई फिल्म हिट हुँदैमा “मेघास्टार” भनिनु गलत रहेको बताएपछि नायक भुवन केसी रेखासँग रुष्ट भएको अनुमान लगाउन सकिन्छ । किनकि केही चलचित्र हिट भएपछि भुवनका छोरा अनमोललाई “मेघास्टार” भन्न थालिएको थियो । आफ्नो छोरालाई मेघास्टार भनिएको प्रति रेखाले विरोधको स्वर उठाउनु भुवनका लागि पाच्य नभएको हुनसक्छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, ४,८२, ७०७ जना विद्यार्थी सहभागी हुने
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, ४,८२, ७०७ जना विद्यार्थी सहभागी हुने
नेकपाले कसरी लगायो ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो?
नेकपाले कसरी लगायो ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो?
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
माओवादीमा बहस : एकता कि विघटन
माओवादीमा बहस : एकता कि विघटन
गैँडाकोटमा त्रिदण्डी श्रीपराङ्कुशाचार्य  दिव्य अभिनन्दन महोत्सव सुरु
गैँडाकोटमा त्रिदण्डी श्रीपराङ्कुशाचार्य दिव्य अभिनन्दन महोत्सव सुरु
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ
संशोधन प्रस्ताव फेल गराउन एमालेसहितको ९ दल फेरि सक्रिय
संशोधन प्रस्ताव फेल गराउन एमालेसहितको ९ दल फेरि सक्रिय
निष्पक्ष भूमिका निभाउँछु : सभामुख महरा
निष्पक्ष भूमिका निभाउँछु : सभामुख महरा
स्थानीय तहमा कांग्रेसका १२ हजार ३४५ जनप्रतिनिधि निर्वाचित
सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने
सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने